विराटनगर । नेपाली कांग्रेसले मोरङले नेपाल विद्यार्थी संघको नाममा सामाजिक सञ्जालको आएका विषयहरुको विषयमा ध्यानाकर्षण गर्दै सचेत गराएको छ ।
नेविसंघ मोरङको कार्यसमिति नै नरहेको अवस्थामा संघको नाममा केही व्यक्तिबाट कोभिड १९ मा समस्यामा परेकालाई राहतलगायत विषयमा व्यक्तिगत रुपमा स्टाटस र फोटो आएको विषयमा पार्टीले यस्तो कार्य रोक्न भनेको हो ।
पार्टीका जिल्ला उपाध्यक्ष शिवनारायण सिंह गन्गाईले आज प्रेस विज्ञप्ति प्रकासित गरी नेविसंघ मोरङको कार्यसमिति नरहेको स्पष्ट गर्दै संघको पदीय जिम्मेवारीमा रहेको भनि प्रचार नगर्न सचेत गराउनुभएको छ । विज्ञप्तिमा ‘यस्ता कार्य नगर्न र गरे त्यसको नियमअनुसार आईजाने व्यहोर्नु पर्ने’ जनाइएको छ ।
नेविसंघको जिम्मोवारीमा रहेको भन्दै केही व्यक्तिले सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको विषयमा पार्टीलाई औपचारिक रुपमा जानकारी आएको उपसभापति सिंहले जनाउनुभएको छ ।