मिल्स गोल्डकपको फाइनलमा सशस्त्र प्रहरी

विराटनगर । सुनसरी पकलीको सशस्त्र प्रहरी बल (एपिएफ) विराटनगरमा जारी चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

मिल्स गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा एपिएफले झापा सुरुङ्गाको कनकाई स्पोर्टिङ क्लब टाइब्रेकरमा २–० गोल फरकमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । खेलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।

टाइब्रेकरमा एपिएफका लागि दीपेश धिमाल र हरि कार्कीले गोल गरे भने उज्जवल चाम्लिङ गोल गर्न चुके ।झापाका अनोज मगर, संजीव रसाइली, रोजन धिमाल र मिरक लिम्बूले गोल गर्न नसक्दा हार व्यहोर्नु प¥यो । प्लेयर अफ द म्याच एपिएफका गोलरक्षक सुजन बिकले ३ हजार रुपैयाँ प्राप्त गरे । खेलमा दुवै टोलीबाट गोलका धेरै अवसर पाउँदा सदुपयोग गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरबाट गर्नु प¥यो ।खेल सुरु भएको २९ औं मिनेटमा झापाका मिरक लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ६० औं मिनेटमा झापाका खेलाडीले डिबक्सभित्र एपिएफका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी भएको थियो । एपिएफले पाएको पेनाल्टीमा हरि कार्कीले गोल गरेका थिए ।

प्रतियोगिताअन्तर्गत बिहीबारको अन्तिम सेमिफाइनल खेल विराटनगरको पेमा युवा क्लब र विराटनगरकै कोशी प्रदेश प्रहरी कार्यालयबीच हुनेछ ।

बिहिबार, १३ बैशाख, २०८१, बिहानको ०८:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर