विराटनगर । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी मोरङले जनसरोकारका विषयमा खबरदारी गर्ने भएको छ ।
स्थानीय स्तरबाटै जनताका समस्या हल गर्न खबरदारी गर्ने भएको हो । यही चैत्र ११ गते मोरङका १७ वटै पालिकामा स्थानीय मुद्धाहरुलाई माग बनाएर पालिका प्रमुख उप प्रमुखलाई भेटेर ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको नेकपा एकीकृत समाजवादी मोरङका अध्यक्ष चन्द्रवीर राईले बताए ।
सबै पालिमा दिउसो १ बजे आ–आफ्ना ठाउ का ज्वलन्त मुद्दालाई मागकारुपमा सूत्रबद्ध गरेर माग पत्र पेस गर्ने कार्यक्रम रहेको अध्यक्ष राईले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ । ‘हामीले उठाएका मागहरूलाई स्थानीय तहका प्रमुख उप प्रमुखलाई बुझाउँछौ’ अध्यक्ष राईले भने ‘ त्यसपछि ती मागहरू सार्वजनिक गर्छौ र समस्या समाधानका लागि दबाबमूलक कार्यक्रम गर्छौ । ’ जनसेवाका अन्य विषयमा समेत निरन्तर खबरदारी गर्ने सो पाटीले जनाएको छ ।
यस्तै नेकपा एसले मोरङमा दुई महिने जनसङ्गठन अभियान पनि तीव्रताका साथ चलाइरहेको जनाएको छ । माघ २५ गते देखी चैत्र २५ सम्म देशैभरी अभियान सञ्चालन गरेको एसले जनाएको छ । उक्त अभियानको प्रमुख अभियन्तामा पोलिटब्युरो सदस्य तथा प्रदेश कमिटीका सचिव महेश रेग्मी मोरङमा खटिएका छन् । चैत्र भित्र सबै कमिटीहरूलाई सुद्धृढ र व्यवस्थित गर्ने रेग्मीले बताए ।
नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी मोरङ पनि महाधिवेशनको तयारीमा जुटेको छ । २०८१ जेठ ३ देखि ७ सम्म काठमाडौँमा महाधिवेशन गर्दै छ ।