काठमाडौं । बुधबार शेयर बजारमा गिरावट आएको छ । आज २.४८ अंकले घटेर २१०८.७२ बिन्दुमा आइपुगेको छ ।
बजारमा उतारचढाव हुँदै २१२३ अंकसम्म पुगेको बजार बन्द हुँदा २१०८.७२ बिन्दुमा आइपुग्यो । ३१० धितोपत्रका एक करोड आठ लाख ८९ हजार ६३४ कित्ता सेयर चार अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँमा किनबेच भयो ।
१३ उपसमूहमध्ये सातवटाको समूहगत सूचक घटेको छ । ६ वटाको समूहगत सूचक बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.४८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ।कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा छ ।
यो कम्पनीको २५ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।