नवनियुक्त तीन मन्त्रीले लिए शपथ

विराटनगर । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् ।

नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्यालले शपथ लिएका हुन ।

तीन मन्त्रीले सोमवार राष्ट्रपति कार्यालयमा शपथ लिएका हुन् ।​

तीनै जनाले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन् ।

गत वर्ष पुस १० गते एमाले सरकारमा सहभागी हुँदा पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री र अर्याल श्रम तथा रोजगार मन्त्री थिए ।

सोमबार, २१ फागुन, २०८०, साँझको ०५:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर