लेखापरीक्षमाथि नियमन आवश्यक

 सम्पादकीय

पछिल्लो समयमा सहकारी संस्थाहरुमा सर्वसाधारण ठगिएको एकपछि अर्को प्रकरण बाहिर आइरहेको छ । खासगरी बचत तथा ऋणको कारोबार गर्ने ठूला भनिएका सहकारीमै सञ्चालकहरुले मनोमानी गर्दा संस्था धरापमा परेर सर्वसाधारण बचतकर्ताको बिचल्ली भइहरेको छ । सहकारीका सञ्चालकहरुले आफू मालिक भएजसरी मनमौजी संस्था सञ्चालन गर्दा सरकारी नियमन प्रभाबकारी हुन सकेको छैन । जसले गर्दा सहकारी संस्थामाथिकै अविश्वास र प्रश्न बढ्न थालेको छ । उद्देश्य र सहकारीको भावना अनुसार सञ्चालन गर्नेभन्दा पनि बैंकको शैलीमा सञ्चालन गर्ने र सहकारीको रकम व्यक्तिगत प्रयोजनामा प्रयोग गरि सञ्चालकले हिनामिना गर्ने गरेको घटना देखिएको छ । सहकारीमा भइरहेको बेथितिलाई शेयर सदस्यहरुले नै नियन्त्रण गर्नुपर्ने हो । तर, अधिकांश सहकारीमा शेयर सदस्यहरु र बचतकर्ता निरिह छन् भने सञ्चालकहरु मालिकजस्त छन् । त्यसैले सहकारीमा संकट आएको हो । समुदायमा छरिएर रहेको पुँजीलाई एकीकृत गरि समुदायमै परिचालन गर्ने सहकारीको मर्म हो । तर, त्यो हुन सकेको छैन । छरिएर रहेको पुँजी संकलन गरेपछि सीमित व्यक्तिले त्यसमाथि रजाईं गर्दा संकट देखिएको हो ।

सहकारीमा संकट देखिनुमा लेखापरीक्षकै मिलेमतो र बद्मासी हुने गरेको घटना आइरहेका छन् । पछिल्लो समयमा मोरङको पथरीशनिश्चरेस्थित हसन्दहको सुनदह वचत तथा ऋण सहकारीमा आएको समस्याबारे अध्ययन गर्दा सहकारीले ९ वर्ष अगाडिदेखि नै गरेको लेखापरीक्षण रिपोर्टमा त्रुटि भटिएको थियो । सहकारीमा रमेश बस्नेत भन्ने व्यक्तिले लाइसेन्स होल्डर लेखापरीक्षकको नक्कली छाप लिएर लेखापरीक्षण गर्ने गरेको पायएको छ । लेखापरीक्षण रिपोर्टमा प्रत्येक वर्ष नाफा देखाइएको सहकारी चल्नै नसक्ने भएपछि पुनः लेषरीक्षण गर्दा ९ वर्ष अगाडिदेखि प्रत्येक वर्ष सहकारी ५–७ लाख घाटामा गएको पाइएको छ । अहिलेसम्म सहकारी ६९ लाख घाटामा रहेको भएपनि लेखापरीक्षण रिपोर्टमा भने नाफा रहेको देखाइएको थियो । यो प्रकरणपछि सहकारीका संचालक समिति अध्यक्ष, व्यवस्थापक तथा अन्य संचालकहरु पक्राउ परेका छन् । उनीहरुमाथि मुद्दा चलेको छ ।

मोरङ मिक्लाजुङको चुरेफेरि महिला बचत तथा ऋण सहकारी संस्थाका चार खातामा २६ लाख रुपैयाँ नगद रहेको लेखापरीक्षण रिपोर्टमा देखिन्छ । तर, सहकारीको सेफ (भल्ट) खोलेर हेर्दा ५÷६ हजार मात्रै भेटिएको छ । सहकारीको पुनः लेखापरीक्षण गर्दा ३८ लाख रुपैयाँ हुनुपर्ने देखिएपनि रकम थिएन । त्यसको केही दिनपछि सेफ नै चोरी भएपछि व्यवस्थापक पक्राउ परे । सो सहकारीमा अहिले समस्या आएको पनि लेखापरीक्षककै कारण भएको देखिन्छ । लेखापरीक्षकले चार खाता नहेरी सञ्चालक र व्यवस्थापकले भनेको आधारमा हिसाब राखेको देखिन्छ । विराटनगरको माछापुछ्र्रे बचत तथा ऋण सहकारीमा पनि छद्म भेषमा लेखापरीक्षण गर्नेले डुबाएको पत्ता लागेको छ । सहकारीको कारोबार प्रत्येक वर्ष घाटामा भएपनि बचतकर्तालाई झुक्याएर बचत संकलन गर्न नाफामा रहेको देखाइएको पाइएको छ । सञ्चालक समितिमा रहेका अध्यक्ष, सचिव, व्यवस्थापकले मनपरी चलाएर बचत कम देखाएका थिए भने ऋण बढी । जसको कारण सहकारीमा शेयरधनी र बचतकर्तालाई दिनुपर्ने ६ करोड ८६ लाख रुपैयाँ अपुग छ ।

सहकारीको लेखा परीक्षणबारे सामान्य ज्ञानसमेत नभएकाहरुले सञ्चालकले भनेको भरमा जथाभावी लेखापरीक्षण रिपोर्ट बनाउँदा समस्या भएको देखिन्छ । सहकारीको लेखा परीक्षण रिपोर्टमा गडबडी गर्नेमा सहकारीका कर्मचारीको पनि मिलेमतो रहेको देखिन्छ । किनकि सहकारीका कर्मचारीहरु आफैंले यसअघि धेरै सहकारीको लेखापरीक्षण रिपोर्ट आफ्नै कार्यालयमा बसेर तयार गर्ने गर्दथे । अहिले पनि फिल्डमा वा सहकारीको कार्यालयमा नै लेखापरीक्षण थोरै सहकारीमा मात्र हुने गरेको छ । अरू सहकारीको लेखापरीक्षण सहकारी रजिष्टर कार्यालय, सहकारी मन्त्रालय र सहकारी विभागका कर्मचारीको मिलेमतोमै भइरहेको बताइन्छ । त्यसैले सहकारीमा देखिएको संकट समाधानमा नियमाक निकाय गम्भीर हुनुपर्छ । लेखापरीक्षणमा भइहरेको मनोमानी नियन्त्रण हुनुपर्छ । सर्वसधारणको बचत र सम्पत्ती सुरक्षा गर्न प्रभाबकारी कदम चाल्नु

सोमबार, १४ फागुन, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर