विराटनगर। विराटनगर १८ का मिटरब्याजी ५३ वर्षिय सुनिल कुमार साह विरुद्ध पीडितहरूले उजुरी दिएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङमा ६ जना पीडितहरूले मिटरब्याजी साहविरुद्ध बुधबार उजुरी दर्ता गराएको हो ।
साहबाट पीडित भएकाहरू विराटनगर १८ दमादीगीका ४८ वर्षीय दिलीप कुमार अमात, सोही ठाउँका ६८ वर्षीय महेश लाल मण्डल,४५ वर्षीय मिनादेवी मण्डल, ४५ वर्षीय रमानन्द मण्डल, ४५ वर्षीय खिकीरी देवी साह र ४७ वर्षीय नारयण साहले मिटरब्याजी साहविरुद्ध उजुरी दिएको छन् । पीडितहरुले जग्गा फिर्ता गरि मिटरब्याजमा ऋण लगानी गरि गरिवलाई उठिबास लगाउनेलाई कारवाहीको दायारमा ल्याउनुपर्ने मागसहित प्रशासनमा उजुरी दर्ता गराएको विराटनगर महानगरपालिकाकी कानुन शाखाकी प्रमुख शारदा थपलियाले बताइन् ।
‘पीडितहरूले महानगरपालिकाको न्यायीक समितिमा उजुरी दिएपछि यहाँको क्षेत्रअधिकार भित्र नपरेपछि उपप्रमुख ज्यूको पहलमा मोरङ प्रशासनमा उजुरी दिएको हो,’ उनले भनिन्, ‘अहिले उजुरी दर्ता भएको छ । थप प्रक्रिया अगाडी बढाउने प्रमुख जिल्ला अधिकारीले भन्नुभएको छ ।’
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उजुरी दर्ता भएकोले थप प्रक्रिया अगाडी बढाउने बताए । ‘आइतबादेखि प्रक्रिया अगाडी बढछ,’ उनले भने, ‘पहिलो चरणमा दुवै पक्षबीच छलफल हुनेछ । छलफबाट सहमभि भए उजुरीको प्रक्रिया टुगिन्छ,’ उनले भने, ‘नभए जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी पढाइन्छ र थप अनुसन्धानपछि कारवाहीको प्रक्रिया अगाडी बढनेछ ।’
मिटरब्याजी साहले ऋण दिएको रकम समयमै नदिएको भन्दै दिलिप कुमार महतको १० कठ्ठा जग्गा विक्री गरिदिएका छन् । दिलिपले चार वर्ष अगाडी ६ लाख रुपैयाँ ऋण लिएका थिए । ६ लाखको तीन लाख रुपैयाँ बुझाएका थिए । ढिलो कर्जा तिरेको भन्दै विराटनगर १८ मा रहेको किता नं. ३१७ र ३१६ को १० कठ्ठा जग्गा बेचिदिए । अहिले २२ लाख रुपैयाँ बुझाए जग्गा फिर्ता गरिदिने भन्दै आएका छन् ।
यसैगरी रमानन्द मण्डलले ४ कठ्ठा जग्गा सुनिलसँग धितो राखेर ६ वर्ष अगाडी २ लाख रुपैयाँ लिए । उनले १ लाख ८० हजार सुनिललाई सावा र ब्याज तिर्दैछन् । उनलाई अझै सुनिलले ८ लाख बुझाएमात्रै ४ कठ्ठा जग्गा फिर्ता दिने बताउँदै आएका छन् । यस्तै नारयण साहले तीन वर्ष अगाडी ७ लाख ऋण लिए । उनले अहिलेसम्म ऋणपान गरेर २१ लख ७ हजार रुपैया तिरेपछि मात्र ६ कठ्ठा जग्गा फिर्ता गरिदिए । अहिले आमा लक्ष्मीदेवी साहको जग्गा फिर्ता लिन उनी लडाइमा लागेका छन् । नारयणकी ६५ वर्षीया आमाले १७ धुर जग्गा सुनिलले राखेर १ लाख २५ हजार रुपैयाँ ऋण दिएका छन् । लक्ष्मीदेविले अहिलेसम्म ५५ हजार रुपैयाँ बुझाइसके । सुनिलले अझै ४ लाख ५० हजार रुपैयाँ दिएमात्र जग्गा फिर्ता दिने बताउँदै आएका छन् ।
यस्तै विराटनगर महेशलाल मण्डलले सुनिलसँग २०६८ सालमा चार कठ्ठा जग्गा धितो राखेर १ लाख ६० हजार रुपैयाँ लिए । उनले ४ लाख ७० हजार रुपैयाँ तिरसके । अझै १९ लाख ९३ हजार रुपैयाँ बुझाएपछि मात्र जग्गा पास गरिदिने भन्दै आएका छन् । यस्तै खिकीरी देवी साहले ५ कठ्ठा जग्गा राखेर ७० हजार लिइन् । उनले २ लाख ५० हजार दिइन् । साहले अझै १९ लाख दिएमात्र जग्गा फिर्ता दिने बताउँदै आएका छन् ।