एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनलमा नेपालले मलेसियासँग खेल्दै

काठमाडौं । नेमलेसियामा जारी एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि आजछ । खेल नेपाली समय अनुसार बिहान ११ :१५ मा बायोमास ओभलमा सुरु हुनेछ।

यस खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ। एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन्।

विजेता टोलीले यसै वर्ष हुने महिला टि–२० एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । त्यस्तै अर्को सेमिफाइनलमा थाइल्यान्ड र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । युएईले टस जितेर ब्याटिङ रोजेको छ ।

एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।मलेसियालाई हराउन सके ८ वर्षपछि महिला टोली एसिया कपमा पुग्नेछ । सेमिफाइनलमा नेपालले तुलनात्मक रुपमा केही सहज विपक्षी टोलीलाई पाएको छ ।

नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल खेल्न लागेका हुन्। सीता रानामगरले कुवेतविरुद्ध ह्याट्रिक लिएकी थिइन्। नेपालको चारमध्ये तीन जितमा सीता प्लेयर अफ द म्याच चुनिएकी थिइन्।

उता माल्दिभ्सविरुद्ध रुविना क्षेत्रीले ११८ रनको ऐतिहासिक शतकको मद्दतले २१३ रनको फराकिलो अन्तरले हराएको थियो। मलेसिया घरेलु मैदानको फाइदा उठाउन चाहन्छ।

यस प्रतियोगितामा नेपाल अपराजित छ। नेपालले समूह ‘डी’मा हङकङ र भुटानलाई समान ८ विकेट तथा माल्दिभ्सलाई २१४ रनले हराएको थियो।

मलेसियाले समूह ‘सी’बाट इन्डोनएसियालाई ६ विकेट, कतारलाई ३९ रन र बहराइनलाई १२६ रनले हराएको थियो। मलेसिया पनि अपराजित यात्राका साथ सेमिफाइनलमा आइपुगेको छ।

नेपाल र मलेसियाबीच महिला टी–२० आई खेलमा कुल १० खेल भएका छन्। नेपाल ७ खेलमा जित र ३ खेलमा पराजित भएको छ। पछिल्ला पाँच भेटमा नेपाल तीन र मलेसिया दुई खेलमा विजयी भएका छन्।

शुक्रबार, ०४ फागुन, २०८०, बिहानको ०८:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर