काठमाडौं । भिजिट भिसामा किर्तेसहित संगठित अपराध गरेको अभियोगमा ८ जना अधिकृतसहित २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका ८ जना अधिकृतसहित २२ जनाविरुद्ध बिहीवार मुद्दा दायर भएको हो ।
शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णुप्रसाद आचार्य, विकास डंगोल, सुजन फागो लिम्बू, पिताम्बर रिमाल लगायतका अधिकृत रहेका छन् । शाखा अधिकृत ताराबहादुर कुँवर र कुशल बराल विरुद्ध पनि मुद्दा दायर भएको हो ।
यस्तै गीता साह, अरुण दाहाल, सरोजकुमार यादव, नरवीर खडका, पदम लामा, मनोज तामाङ, रामप्रसाद भण्डारी, दिनेश ज्ञवाली, विनोद कार्की, रविन अर्यालविरुद्ध पनि मुद्दा दायर गरिएको अदालत स्रोतले जनाएको छ ।