विराटनगर । मोरङको बुढीगंगा–२ टङ्की सिनुवारीमा रहेको रेवन्त रुक्मिणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर विरुद्धको सचेतना मूलक कार्यक्रम गर्ने भएको छ ।
माघ २१ गते आइतबारका दिन विश्व क्यान्सर दिवसको अवसरमा १५ वटा भन्दा बढी जनचेतनामूलक ‘आशा क्लोज द केयर ग्याप’ कार्यक्रम गर्ने विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
उपचारको पहुँचको दुरीलाई घटाउँदै लाने सङ्कल्प सहित रोगीको उपचार सहयोगार्थ समेत कार्यक्रम गर्न लागिएको विराट क्यान्सर इन्स्टिच्युटका सिइओ डा। निकीता कार्कीले जानकारी दिए । आम जनमानसमा क्यान्सर सम्बन्धी जनचेतना व्यापक रूपमा फैलाउने उद्देश्यका साथ फरक तथा पृथक् १५ वटा भन्दा बढी कार्यक्रम एकै थलोमा एकै दिन सम्पन्न गर्ने जनाएको छ । “आशा क्लोज द केयर ग्याप अर्थात् क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरौँ” भन्ने नारा सहित कार्यक्रम गर्न लागिएको उनले बताए ।
कार्यक्रम अन्तर्गत रेवन्त–रुक्मिणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले स्कुल ¥याली, साइकल ¥याली, स्कुटर ¥याली, कार ¥याली, म्याराथन, मेडिटेसन, मास कार्डियो, क्यान्सर जित्नेहरूको सफलताको कथा, क्यान्सर रोग बिशेषज्ञहरुद्वारा जनचेतना सम्बन्धी प्रस्तुति, स्कुलका विद्यार्थी बालबालिकाहरूद्वारा प्रतिभा प्रस्तुति, साङ्गीतिक कार्यक्रम जस्ता विभिन्न सचेतना मूलक कार्यक्रम हुने उनले बताए ।
कार्यक्रमबाट सङ्कलन भएको रकम विराट क्यान्सर इन्स्टिच्युटमा उपचारार्थ बिरामीहरूलाई दिने निर्णय गरेको उनले बताए । ‘क्यान्सरसँग लडिरहेका बिरामी जसले बाँचेर जीवनमा केही गर्छु भनी सर्घष गरिएका बिरामीलाई सहयोग गर्ने निर्णयका साथ अगाडी बढेको हो,’ उनले भने, ‘यस सचेतता मूलक कार्यक्रमबाट सङ्कलन भएको रकम १५ जना बढी क्यान्सरका बिरामीको उपचारमा सहयोग गरिने पवित्र लक्ष्य बोकेर गर्न लागेको कार्यक्रम हो । अहिले मनकारी व्यक्ति, सङ्घसंस्था र उद्योगहरूले साथ सहयोग पनि गर्दै आएका छन् ।’ आर्थिक विपन्न र क्यान्सरको उपचार गर्न नसक्ने बिरामीको सम्पूर्ण उपचार हुने बताइएको छ । अहिले एक जनाको उपचार भइरहेको उनले बताए । ‘अहिलेसम्म ६५ जनाको स्पोन्चर आएका छन् । बिहीबारसम्म ६५ लाख रुपैयाँ सङ्कलन भइसकेको छ । यो अभियानमा धेरै मानिसहरूको साथ र सहयोग भएको छ ,’ उनले भने ।
पाँच जनामा एक जनालाई क्यान्सर लाग्ने गरेको विश्व स्वास्थ्य सङ्गठनले गरेको रिसर्चले देखाएको छ । ‘त्यो क्यान्सर लाग्ने मध्ये एक जनाले ज्यान गुमाएका छन् । संसारमा १ करोड मानिसलाई क्यान्सर छ । अहिले गरिब मूलकहरूमा क्यान्सर बढी लागेको छ । क्यान्सरको रोकथाम र नियन्त्रणको लागि सचेतना कार्यक्रम गर्न लागिएको हो,’ डा। कार्कीले भने, ‘क्यान्सर रोग लागे पनि जित्न सकिन्छ भन्ने उद्देश्य र बुझाउन कार्यक्रम गरिएको हो ।’
कार्यक्रममा रोटरी क्लब, राउन टेबल, स्टन मोर्डस लगायतका विभिन्न संघ संस्थासँग सहकार्य गरेको छ । गायक सविन राईको पनि साङ्गीतिक कार्यक्रम हुनेछ । कार्यक्रममा मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पनि सहभागी हुनेछ ।
आशा कार्यक्रमका दिन संघिय सांसद डा।शेखर कोइराला, मुख्यमन्त्री केदार कार्कीले रेवन्त–रुक्मिणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युट भवनको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । यो हस्पिटल विगत आठ महिनादेखि सञ्चालनमा रहेको छ । औपचारिक उद्घाटन बिहीबार हुने भएको छ ।