काठमाडौं । सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुधार आएको छ । सामान्य अंकले नेप्से बढेको हो ।
साताको कारोबारको पहिलो दिन आज नेप्से १०.३७ अंकले बढेर २ हजार ९४ दशमलव ४७ विन्दुमा कायम भएको छ। गत बिहिबार कारोबारको अन्तिम दिन नेप्से ३.९४ अंकले घटेर २ हजार ८८ दशमलव ०४ विन्दुमा पुगी बन्द भएको थियो।
कारोबार रकममा भने गत बिहिबारको तुलनामा सुधार भएको छ। गत बिहीबार कुल ३ अर्ब ७६ करोड रूपैयाँ बढीको कारोबार भएकोमा आज ३ अर्ब ८३ करोड ३७ लाख रूपैयाँ बढीको कारोबार भएको छ।
गत हप्ताभरी नै बजार उकालो लाग्न सकेन। आज कारोबारमा आएका १ सय ७३ कम्पनीको सेयर बढ्दा ७० कम्पनीको सेयर मूल्य घटेको छ।आज मिडसोलु हाईड्रोपावर लिमिटेड कम्पनीको सेयर मूल्यमा सक्रिट लागेको छ। आज उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
माथिल्लो मैलुङ्गखोला जलविद्युत लिमिटेडको सेयर मूल्यमा पनि सक्रिट लागेको छ। यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ।
आज चन्द्रागिरि हिल्स कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ९.८६ प्रतिशतले घट्दा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६।.४० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि–इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ३३ करोड ५३ लाख रूपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
त्यस्तै, यस दिन ङादी ग्रुप पावरको साढे २३ करोडको सेयर कारोबार भएको छ भने रिलायन्स नेपाल लाइफ इन्स्योरेन्सको कारोबार रकम १७ करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ९ उप(समूहको परिसूचक बढेको छ भने ४ उप(समूहको परिसूचक घटेको छ।
यस दिन विकास बैंक, जलविद्युत र अन्य उप(समूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन उप(समूहको परिसूचक करिब १ प्रतिशत घटेको छ।