सीमा आभाष
सीताको स्वयंवरमा शिवधनुष तोडेपछि मात्र रामको प्रख्याती बढेको हो जस्तो लाग्छ । बाल्यकालका रामको उतिसारो चर्चा पनि थाहा छैन । जहाँ रामको चर्चा हुन्छ त्यहाँ सीता पनि जोडिन्छिन् । हामीले पुकारिने गरेको राम पूर्ण हुन सीतालाई अगाडि सम्बोधन अनिवार्य छ । सीता पूर्ण हुन रामलाई अगाडि सम्बोधन अनिवार्य छ । सीताराम भन्दा पुरूष र रामसीता भन्दा स्त्री मानिनु पनि यहि कारण हो शायद !
अयोध्यामा रामललाको मूर्तिमा प्राणप्रतिष्ठा भयो । बिहे हुनु अघिका बालक रामको भब्य मन्दिर बन्यो । हामीले खुसीयाली मनायौँ ।
हामीले बुझ्नुपर्ने कुरा हो– नेपालीले पूज्ने गरेका राम बालक होइनन् । भगवानका अनेकन रूप छन् ती मध्य रामसीताको या सीतारामको जोडीलाई हामीले पूज्ने गरेको हो ।
अब सम्झनुस् त, सीता बिनाका रामलाई नेपालीले पुज्ने गरेका छन ? तर्क बङ्ग्याए त जसो पनि होला । तर, सीतालाई चिन्दै नचिनेका रामलाई नेपालबाट कोसेली पठाए । दिपावली गरे । नमिलेको देखियो । अयोध्याको त्यो भब्य मन्दिरले सीता चिनेको छैन । सीता नचिन्नेलाई सीताका घरबाट कोसेली पठाइन्छ । यस्तो पनि हुन्छ त !
धर्म मात्र नभएर राजनीतिको दृष्टिले पनि नेपालले बुझ्नुपर्ने बिषय हो । रामललाको मूर्तिमा राजनीतिको पनि सम्बन्ध छ । यस सन्दर्भमा अयोध्याबाट नभनिएका कुराले नेपाललाई गहिरोसँग भनेको र नयाँ जानकारी दिएको पनि छ ।
भारतले अयोध्यामा धार्मिक पर्यटनको गतिलो प्रबद्र्धन ग¥यो । आफ्ना जनतालाई रोजगारी र आम्दानीको स्रोत सुनिष्चित गर्यो । स्वदेशीले उत्पादन गरेका अन्नदेखि भगवानलाई चढाउने फूलसम्म स्वदेशमा नै खपत गरेर विदेशी मुद्रा घर बसीबसी आरामले आर्जन गर्ने भयो ।
अयोध्या पुग्न हिँड्नुपर्ने बाटोमा पनि त्यहाँका मान्छेलाई रोजगारी बढ्यो । धर्मलाई, रामलाई आलोचना गरेर हुन्छ ! धर्म र राजनीति; भगवान र आयस्रोतको अन्योन्यास्रित सम्बन्ध छ । आस्था भनेको ऊभित्र रोपिएको वृक्ष हो । जो झाँगिदै जान्छ । स्रोत ः सञ्जाल ।