कोशी अस्पतालमा जागिरको अवसर : ५० कर्मचारी भर्ना गरिने

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालले एकैपटक ५० जना कर्मचारीको भर्ना गर्ने भएको छ ।

अस्पतालले १० जना मेडिकल अधिकृत, एकजना नर्सिङ अफिसर, ३० जना स्टाफ नर्स, २ जना वायोमेडिकल इन्जिनियर र ७ जना फार्मेसी सहायकको माग गरेको हो ।

अस्पतालले आठौं तहका मेडिकल अफिसर, सातौं तहको नर्सिङ अफिसर, पाँचौं तहका स्टार्फ नर्स, पाँचौं तहकै बायोमेडिकल इञ्जिनियर र पाँचौं तहकैफार्मेसी सहायकको आवश्यकता सम्बन्धि सूचना प्रकाशित गरेको हो । लिखित र अन्तवार्ताबाट करार सेवाका लागि उनीहरुको भर्ना गरिनेछ ।

सुचना प्रकाशित भएको मिति माघ ४ गतेबाट २१ दिनभित्र ईच्छुकले दरखास्त दिनसक्ने अस्पतालले जनाएको छ । अधिकृत तहको लागि २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको र सहायकको लागि १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन् ।

कोशी अस्पतालको अस्पताल विकास समिमितर्फ कर्मचारी भर्ना गर्न लागिएको हो । सुरुवातमा तीन महिने करारको लागि भर्ना गरिएका उनीहरुको करार अबधि थपिने अस्पतालले जनाएको छ ।

शनिबार, ०६ माघ, २०८०, साँझको ०५:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर