विराटनगरमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६३ रुपैयाँ ५० पैसा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल ,डिजल र मट्टितेलमा घटाएको मूल्य आजदेखि लागू भएको छ।

निगमका अनुसार चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६३ रुपैयाँ ५० पैसा, डिजल र मट्टितेल एक सय ४३ रुपैयाँ ५० पैसा कायम भएको छ।

इन्डियन आयल कर्पोरेशनबाट सोमबार प्राप्त नयाँ मूल्यअनुसार निगमले राति १२ बजेर १ मिनेटदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा १ रुपैयाँ घटाएको थियो।

भारतबाट पेट्रोल प्रतिलिटर एक रुपैयाँ २६, डिजल प्रतिलिटर ८३ पैसाले घटेर आएको थियो।

सुर्खेत र दाङका लागि पेट्रोल प्रतिलिटर रु एक सय ६५, डिजल र मट्टितेल प्रतिलिटर एक सय ५५ कायम भएका भएको छ।

साथै काठमाडौं, पोखरा र दीपायलका लागि पेट्रोल प्रतिलिटर रु एक सय ६६, डिजल र मट्टितेल रु एक सय ५६ कायम भएको छ।

मङ्गलबार, ०२ माघ, २०८०, बिहानको १०:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर