विद्युत लाइन काटिएको रिलाइन्सले पाएन अदालतको साथ

इटहरी । वक्यौता विद्युत महशुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरणले लाइन काटेपछि सुनसरीको खनारमा रहेको रिलायन्स स्पिनिङ मिल पनि गत पुस ६ गते देखि बन्द छ ।

करिडोरको मात्र नभइ देशकै ठुलो धागो उद्योग मानिएको रिलायन्स बन्द भएपछि ५ हजार बढी मजदुरहरू आन्दोलनमा रहेको बेला अदालतले पनि उद्योगको विपक्षमा आदेश गरिदिएको छ ।प्राधिकरणले विद्युत् बन्द गरेपछि कार्यरत मजदुरहरू रिलायन्स अगाडि दिनहुँ प्रदर्शन गर्दै आएका छन् । तर, विद्युत प्राधिकरणले बक्यौता महशुल नतिरेसम्म विद्युत लाइन नजोडिने प्रष्ट पारेको छ । उद्योग भने महशुल तिर्न तयार नहुँदा मजदुरहरु मारमा परेका छन् ।

उद्योग सञ्चालन गर्न पाउनुपर्न मागसहित रिलायन्स प्रशासनले विद्युत प्राधिकरणविरुद्ध सुनसरी जिल्ला अदालतमा रिट निवेदन दिएको थियो । अदालतले विद्युत प्राधिकरणको महशुल नतिरेको देखिएकोले अन्तरिम आदेश दिन नपर्ने भन्दै उद्योगको कुरा सुनुवाई गरेन । अदालतले अन्तरिम आदेश जारी गर्न नमिल्ने भनेपछि उद्योग बन्द नै छ ।

न्यायाधीश टेकबहादुर कार्कीको इजलासले उद्योगले १ अर्ब ७१ करोड ३१ लाख ६९ हजार ११६.८१ रुपैयाँ बक्यौता नतिरेबापत उद्योगको लाइन काटिएको भन्दै यस्स्तै अवस्थाका उद्योगहरूलाई बाँकी बक्यौता ६० किस्तामा बुझाउन मन्जुर भई निवेदन दिएका उद्योगको लाइन जडान गर्ने निर्णय नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको मिति पुस १६ गतेको बैठकले निर्णय गरिसकेको अन्तरिम आदेश जारी गर्न नमिल्ने आदेश गरेको छ । रिलायन्सलगायत उद्योगहरू भने अदालतको आदेश आएपछि पनि प्राधिकरणले पठाएको बिल बापतको रकम भने नतिर्ने अडानमा बसेका छन् ।

गत पुस ११ गते धरानमा पत्रकार सममेलननै गरेर उद्योगीहरूले प्राधिकरणबाट अन्याय भएको दाबी गर्दै आएका छन् । प्राधिकरणले भने जस्तो आफूहरूले मुलुक लोडसेडिङको मारमा चलिरहेको बेला प्रिमियमसहितको महसुल लाग्ने ‘ट्रङ्क लाइन’को ‘डेडिकेटेड’ विद्युत् प्रयोग नगरेको उनीहरुको जिकिर छ ।

विद्युत प्राधिकरणले फर्जी बिलको रकम तिर्न दबाब दिएको भन्दै विद्युत् महशुल नतिर्ने बताउँदै आएका छन् ।

बुधबार, २५ पुष, २०८०, बिहानको ०७:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर