विराटनगर । सुनसरीको रामधुनिमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानको समापनको अवसरमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो । पोस्ट बहादुर वोगटि स्मृति प्रतिष्ठान र रामधुनि नगर कमिटीको आयोजनामा उक्त शिविर गरीएको हो ।
शिविरमा फिजिसियन, स्त्रीरोग, बाल रोग,नाक कान घाटी रोगका विशेषज्ञ डाक्टहरुले सेवा दिएका थिए । विरामीहरुलाई भिडियो एक्सरे तथा ल्यावको सेवा समेत निशुल्क उपलब्ध गराइएको थियो । औषधि समेत निःशुल्क वितरण गरिएको जनाइएको छ ।
उक्त अभियानमा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका कोशी प्रदेशका पूर्व मन्त्री जीवन आचार्य खटिएका थिए । अभियानको समापन गरिएको माओवादी केन्द्र रामधुनि नगर कमिटीले जनाएको छ ।