पाथीभरामा तत्काल केबलबार निर्माण गर्न जोड

विराटनगर । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा केबलकार बनाउन आवश्यक वातावरण सिर्जना गर्न सर्वपक्षीय टोलीले सुझाब दिएको छ ।

पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी भएपनि निर्माण कार्य सुरू नभएकोमा ‍पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा सर्वपक्षीय टोलीले अनुगमनको लागि पुगेको थियो ।

समितिले स्थानीय नागरिक, राजनीतिक दलका स्थानीय नेता तथा प्रतिनिधि र अरू धार्मिक एवं पर्यटकीय सरोकारवालाहरुसँग अन्तरक्रिया गरी राय लिएको थियो । सबैले केबलकार निर्माण गर्नुपर्छ भन्ने सुझाव दिएको समितिले जनाएको छ ।

शुक्रबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा केबलकारका लगानीकर्ता र जिल्लाका सबै सरोकारवालहरुसँग केबलकार निर्माणबारे अन्तरक्रिया भयो ।पाथीभरामा बन्ने केबलकार प्रदेशकै एक गौरवको आयोजना बन्नसक्ने
भन्दै कार्यक्रमका सहभागीले तत्कालै काम अघि बढाउन स्थानीय र प्रदेश सरकारसँग आग्रहसमेत गरे ।

प्रतिनिधिसभाका सदस्य लीलादेवी बोखिमले आफ्नो घरआँगनमै यतिठूलो लगानीको आयोजना आउँदा स्थानीय नै अघि सरेर आयोजनालाई सफल बनाउनुपर्ने बताइन् । ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले यो आयोजना स्थानीय नागरिकले प्रत्यक्ष लाभ लिनसक्ने आयोजना भएकाले स्थानीयसँग समझदारी जुटाएर अघि बढ्नुपर्ने बताए ।

अन्तरक्रियामै सहभागी फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पनि केबलकार परियोजना निर्माणले जिल्लावासीको हित हुने बताए । देशका धेरै ठाउँमा पर्यटन पूर्वाधार निर्माण भइरहेको बेला मुलुककै प्रसिद्ध धार्मिक पर्यटकीयस्थलमा केबलकार बनाउने काममा बाधा खडा गर्न नहुने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति गजेन्द्र तम्याङ, नेकपा माओवादी केन्द्रका कोशी प्रदेश सदस्य बमबहादुर भट्टराई, फुङ्लिङ नगरपालिकाका उपप्रमुख भिमादेवी ओझालगायतले स्थानीयका माग र उनीहरुका सुझावहरुलाई समेटेर साझा सहमति बनाएर आयोजना निर्माणको काममा ढिला गर्न नहुने उनले बताए ।

पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार निर्माणको काम सुरु भएपछि १३ महिनाभित्रै परियोजना सम्पन्न गरिसक्ने बताए । पाथिभरमा प्रस्ताव गरिएको केबलकार निर्माणको काम सुरु गरेको १३ महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याइने उनको भनाइ छ ।

स्थानीयवासी र सरकारले वातावरण निर्माण गरिदिए १३ महिनाभित्रै आयोजना सञ्चालनमा ल्याउने ढकालले बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहेका उनले स्थानीयलाई रोजगारीसँगै आर्थिक गतिविधि, पर्यटन विकास लगायतमा परियोजनाले ठूलो सहयोग पुग्ने दाबी गरे । स्थानीयले उठाएका मागका बारेमा बसेर समझदारी गर्न सकिने उनको भनाइ छ ।

केबलकार परियोजनाको विरोध गरिरहेको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिले भने केबलकार निर्माण गर्न नहुने बताउँदै आएको छ । समितिका संयोजक श्री लिङ्खिमले लिम्बू समुदायको आस्था र ऐतिहासिकताको ख्याल गरेरमात्र परियोजना अघि बढाउनुपर्ने बताए ।

कम्पनीका इञ्जिनियर विजय पौडेलका अनुसार काफ्लेपाटी डढेले छेउ मुख्य स्टेसन रहने केबलकारको डिजाइनअनुसार करिब २ हजार ७०० मिटर उचाइमा रहेको पाथीभरा क्षेत्रसम्म पुग्नेछ । मन्दिर आसपास कुनै संरचना नरहने र अहिलेको पदमार्ग हुँदै पाथीभरा मन्दिर प्रवेशद्वारबाटै तीर्थालु तथा दर्शनार्थी जान सकिने गरी केबलकार निर्माणको डिजाइन तयार भएको पौडेलले बताए।

मुख्य स्टेसनबाट १० मिनेट २० सेकेण्डमा केबलकारको अन्तिम स्टेसन पुग्न सकिनेसमेत पौडेलले जानकारी दिए। केबलकारका लागि १३ वटा टावर निर्माण हुनेछ भने ४५ वटा डब्बा रहनेछ ।

केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक प्रवर्द्धनका लागि केबलकार लाभदायक बन्ने बताए । केबलकार बनेपछि ताप्लेजुङमा पर्यटकहरु सङ्ख्यामा वृद्धि हुनाका साथै स्थानीय उत्पादनको बजारीकरण हुने सरोकारवालाहरुको भनाइ रहेको छ।

देशैभरि र भारतबाट समेत वर्षमा लाखौँ भक्तजन पाथीभराको दर्शनका लागि आउँछन् ।

शनिबार, ०७ पुष, २०८०, दिउँसोको ०४:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर