गुणकारी फापर

 स्नेहा खरेल

फापर (फागोपिरम एस्क्युलेन्टम) पोलिगोनिएसी फ्यामिलीमा पर्ने, समुन्द्री सतहदेखि ६०–४५०० मिसम्म लगाउन सकिने, धान, गहुँ, मकै, कोदो, जौ, पछाडिको छैठौँ मुख्य खाद्य बाली हो ।

फापर नेपालका पहाडी, हिमाली, मध्यपहाड र तराई क्षेत्रमा लगाइन्छ । रुकुम, पश्चिम रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, काभ्रे, दोलखा, ओखलढुंगा बढी फापर उत्पादन गर्ने जिल्लामा पर्दछन् ।

फापर जस्तोसुकै हावापानीमा पनि उत्पादन गर्न सकिने बाली हो । यो अम्लिय माटो, मलिलोपन नभएको, घाम नलाग्ने ठाँउ जस्तै पहाडी क्षेत्रमा पनि अनुकुल छ । यसको यहि अचम्मको विशेषताले गर्दा खानाको कमि हुने क्षेत्र जस्तै हिमाली क्षेत्रमा यसको सम्भाव्यता बढ्दै गएको छ । असोज कार्तिकमा कोदो उत्पादन नहुने र पुस माघमा नहुँ नलगाउने मध्यपहाडका जमिनहरु त्यति उब्जाउ हुदैनन् र त्यस्ता जमिनको पनि सदुपयोग नगरिने भएकाले त्यो समयमा फापर लगाएर मनग्य आम्दानी लिनुका साथै खाद्य सुरक्षामासमे.त त्यसबाट मद्दत पुग्ने छ ।

खासगरी मिठे फापर र तिते फापर गरी दुई भागमा यसलाई विभाजित गरेको पाइन्छ । मिठे फापर मध्यपहाडी र तराई क्षेत्रमा लगाइन्छ भने तिते फापर उच्च क्षेत्रमा लगाइने गरिन्छ । मिठे फापरको तुलनामा तिते फापरमा बढी हुने गर्छ जसको महत्व औषधिमा अधिक हुने गर्छ । तिते फापरको पेस्ट घाउ र जलेकोमा, हल्का पाकेको पिठो रुघाखोकी, जन्डिस, ज्वरोबाट वचन, पिठो चाहिँ कपाल झर्नबाट बचाउनका निम्ति प्रयोग गर्न सकिन्छ । त्यसैगरी पिम्पल्स, छालाको दाग, न्युमोनिया र विषको असर घटाउन जंगली फापरको पातको प्रयोग गर्न सकिन्छ । धार्मिक कार्यमा व्रत रहँदा पनि फापरलाई चोखो मानेर सेवन गर्ने गरिन्छ ।

फापरलाई गरिबले खाने बालीको नामले चिनिए पनि हिमाली भेगमा यसलाई प्रमुख बालीका नामले चिनिने गरिन्छ जसले त्यहाँका जनजीवनको खाद्य सुरक्षामा सहयोग गरिरहेको छ ।फापरमा प्रशस्त मात्रामा पाइने खनिजहरु जस्तै जिंक, कपर, म्यागनेसियम शरीरलाई स्वास्थ्य राख्ने आवश्यक तत्वहरु हुन् । यसका अलावा ‘रुटिन’ भनिने लाभदायक एन्टिअक्सिडेन्ट पोलिफेनोल फापरमा प्रशस्त पाइन्छ । १०० ग्राम फापरमा लगभग १४.५ क्यालोरि, १.५ ग्राम फ्याट, २७ ग्राम कार्बोहाइड्रट, ४.५ ग्राम फाइबर, १४८ मिलिग्राम पोटासियम, ११८ मिलिग्राम फोस्फोरस, ८६ मिलिग्राम म्याग्निसियम, १२ मिलिग्राम क्यालसियम, १.३४ मिलिग्राम आइरन पाइन्छ ।

मासु नखाने साकाहारीका लागि फापर प्रोटिनको धनी स्रोत हो, जसमा करिब १०–१२.५ प्रतिशत प्रोटिन पाइन्छ । फापरको प्रोटिनबाट शरीरलाई चाहिने आवश्यक धेरै एमिनो एसिडहरु प्राप्त हुन्छ ।फापरको पिठोको विशेषता भनेको गहुँ वा जौको पिठोमा पाइने ग्लुटेन भनिने प्रोटिन यसमा पाइँदैन । त्यसैले फापरको सेवन ग्लुटेन इन्टोलेरेन्स अर्थात् ‘सेलियाक डिजिज’ हुनेहरुका लागि लाभदायक मानिन्छ । यो ग्लुटेनमुक्त खानेकुरा हो । फापरमा कोलेस्टेरोल नपाइने हुँदा यो स्वास्थ्यका दृष्टिकोणबाट पनि एक उत्कृष्ट वनस्पतीय भोजन हो ।

फापरको सम्पूर्ण भागलाई भिन्नभिन्न काममा प्रयोग गर्न सकिन्छ । नेपालमा करिब ३४ परिकारका खाना जस्तै : ढिंडो, रोटी, मोःमो, लगर, धेसु, तरकारी, सुकाको साग, काँचो पिठो, छ्याङ(जाँड), रक्सी, सलाद, अचार, सुप, र्याले रोटी, चाउचाउ, सेलरोटी, भात, ससेज, डोरपा डाल, चिया, भिनेगर, जाम, पास्ता, बिस्कुट, केक, मिठाइ, सातु, फुलौरा, पकौडा, खीर आदि फापरबाट बनाइन्छ ।

स्वादको लागि मात्र नभएर फापर स्वास्थ्यको लागि पनि उत्तिकै लाभदायक रहेको छ । फापरले मधुमेह नियन्त्रणमा मद्दत गर्छ । शरीरमा ग्लुकोजको मात्रा मिलाउन मात्र होइन, रगतको कोलेस्टेरोल घटाउन पनि फापर सहयोगी हुन्छ । साथै यसको सेवनबाट मोटोपन पनि कम हुनसक्ने उनीहरुको राय छ । फापरमा पाइने फाइबर ग्लुकोज मेटाबोलिजममा प्रभावकारी हुन सक्छ । हड्डीसम्बन्धी समस्या आउन नदिन पनि नियमित फापरका परिकार सेवन गर्दा उत्तम मानिन्छ । आइरनको कमीले हुने अनेमियालाई पनि फापरको नियमित प्रयोग रोकथाम पु¥याउँछ । फापरमा भिटामिन ई र म्याग्नेसियम प्रशस्त पाइने हुँदा बच्चामा आस्थामा हुनबाट धेरै हदसम्म बचाउँछ ।

बुधबार, ०४ पुष, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर