झिनो अंक बढेर बन्द भयो शेयर बजार

विराटनगर । नेपालको शेयर बजारमा बुधबार झिनो अंकको बृद्धि भएको छ । अघिल्लो दिन ३६ अंकको बृद्धि भएको बजारमा यस २.६० विन्दुले बढेर नेप्से सुचक १९८८.०४ अंकमा पुगेको छ ।

नेप्से सूचकले बुधबार पनि २००० को मनोबैज्ञानिक अवरोधलाई परिक्षण गरेको छ। बुधबार नेप्से सूचक कारोबार समयमा २०१६ सम्म पुगेको भए पनि अन्तिममा १९८८ विन्दुमा बन्द भएको छ।

बुधबार ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड २० लाख ९५ हजार ५३९ कित्ता शेयर कारोबार भएको छ । मंगलबार ४ अर्ब ३० करोडको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम केहि घटेको छ ।

यस दिन बजारमा ५ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरै वृद्धि भएको छ । १३ समूहमध्ये ४ वटा समूह मात्र घटेका छन् बाँकी सबै समूहका सूचक सकारात्मक देखिएका छन् ।

यस दिन जीवन बीमा उपसमूहको सूचक १.१४ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसमूहको सूचक १.३१ प्रतिशतले घटेको छ। यस्तै व्यापार र होटल उपसमूहको सूचक पनि नकारात्मक छ । बुधबार विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै १.१५ प्रतिशतले बढेको छ।

बुधबार बोटलर्स नेपालको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने मोलुङ हाइड्रोपावरको ९.९८ प्रतिशत, घलेम्दी हाइड्रोपावरको ९.९६ प्रतिशत र मानुषी लघुवित्तको ९.७८ प्रतिशतले बढेको छ । यता कुथली बुखरी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५.६९ प्रतिशतले घटेको छ भने सुपर माई हाइड्रोपावरको ५.०१ प्रतिशत, सानिमा पिआइसि इन्स्योरेन्सको ४.४७ प्रतिशत र इमर्जिङ नेपालको ४.२० प्रतिशतले घटेको छ।

बुधबार सोनापुर मिनिरल्सको सबैभन्दा धेरै १४ करोड ६७ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्टको १२ करोड ६६ लाख र अरुण काबेली हाइड्रोपावरको १२ लाख ४२ हजार रुपैयाँको शेयर कारोबार भएको छ।

इन्ट्रा डेमा नेप्सेले २ हजारको मनोवैज्ञानिक विन्दु पार गरको थियो । तर, त्यसपछि नाफा बुक गर्नेहरु हावी हुँदा बजार केहि ओर्लियो । बजारमा तीब्र उतारचढाव पनि देखिएको थियो ।

पछिल्ला दिनहरुमा नेप्सेले सकारात्मक गतिमा लागेको पाइन्छ । सेयर बजारका बारेमा सकारात्मक सन्देशहरु प्रवाह हुन थालेको छ ।

बजार बढ्दै जाँदा पुराना लगानीकर्ताको घाटा कम हुँदै गएको छ भने नयाँ व्यक्तिहरु पनि बजार प्रवेश गर्न उत्साहित हुन थालेको पाइएको छ । बजारले २८ महिनाको वियरिस चक्र पूरा गरेकोले अब बृद्धि हुने विज्ञहरुले बताउँदै आएका छन् ।

बुधबार, २७ मंसिर, २०८०, दिउँसोको ०३:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर