ग्लोबल आइएमई बैंकले विराटनगरलाई दियो ५ लाख

विराटनगर । विराटनगरस्थित ग्लोबल आई.एम.ई बैङकले विराटनगर महानगरपालिकालाई ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

बैंकले महानगरको विपद व्यवस्थापन कोषका लागि ५ लाखको चेक हस्तान्तरण गरेको हो । महानगरपालिकाले कोरोना भाइरसको सम्भावित जोखिमसँग लड्न २ करोड रुपैयाँको कोष खडा गरेको थियो । सोही कोषको रकमबाट विराटनगरबासीलाई राहत वितरण गरिएको महानगरका विपद व्यवस्थापन शाखा प्रमुख राजेन्द्र प्रधानले बताउनुभयो ।

राहत वितरणमा खर्च भएको रकमसहित महानगरको विपद व्यवस्थापन कोषमा हाल कुल २ करोड ४८ लाख २० हजार १ सय ७ रुँपिया जम्मा भइसकेको जनाइएको छ ।

मङ्गलबार, १६ बैशाख, २०७७, साँझको ०५:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर