विराटनगर । पूर्व संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पहलमा इलाका प्रहरी कार्यालय निमुवालाई पिक अप गाडी उपलब्ध गराइएको छ ।
मन्त्री पण्डितको पहलमा आज स्थानीय निकाय बुढीगंगा गाउँपालिकामार्फत निमुवा प्रहरी चौकीलाई निसान बा२झ ५५५ नम्बरको चार चक्के गाडी उपलब्ध गराइएको हो । उक्त गाडी पहिले मन्त्री पण्डितले प्रयोग गर्दै आउनुभएको थियो । निमुवा प्रहरी चौकीलाई आवश्यकता परेपछि ५ लाख रुपैयाँको खर्चमा गाडी मर्मत गरि हस्तान्तरण गरिएको हो ।
बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालकृष्ण माझीले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीलाई गाडीको चाबी हस्तान्तरण गर्नुभएको थियो । निमुवा प्रहरी चौकीको गाडी काम नलाग्ने अवस्थामा पुगिसकेको हुँदा मन्त्री पण्डितको पहलमा गाडी उपलब्ध गराईएको नेकपा प्रदेश १ समिति सदस्य सत्यनारायण चौधरीले बताउनुभयो ।
मोरङ प्रहरी प्रमुख अधिकारीले राज्यमा शान्ति, सुव्यवस्था कायम गर्न तथा अपराध न्यूनीकरण गर्न सुरक्षाकर्मीका लागी सवारीसाधन अपरिहार्य भएको धारणा व्यक्त गर्नुभयो । उहाँले नेमुवा प्रहरी चौकीले गाडी पाईसकेपछि प्रहरीको काम पनि उपलब्धिमुलक हुने विश्वास व्यक्त गर्नुभयो ।
पदमा हुँदा मन्त्री पण्डितले यसअघि पनि गछिया प्रहरी चौकी, विराटनगर महानगरपालिका, रङगेली नगरपालिका, बेलबारी नगरपालिका, पथरी नगरपालिका, केराबारी गाउँपालिका, धनपालथान गाउँपालिका र महेन्द्र मोरङ क्याम्पसलाई समेत चार चक्के सवारीसाधन उपलब्ध गराउनु भएको थियो ।
लालुबाबुले सरकारी गाडि फिर्ता गरे भन्नु राम्रो होला नी ।