धनकुटामा भोलि र पर्सि सार्वजनिक बिदा

धनकुटा । आठपरिया जातीको मुख्य पर्वको अवसरमा धनकुटा नगरपालिकाले सोमबार र मंगलबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ ।

आठपहरिया जातिको मुख्य चाड वडाङ्मेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो ।

धनकुटा नगर क्षेत्रमा मात्र बसोवास गर्ने आठपहरिया जातिको प्रमुख चाड भएकाले वडाङ्मेटको अवसरमा ११ र १२ गते सार्वजनिक विदा दिइएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । वडाङ्मेटमा नगरपालिकाले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ ।

बिदामा नगर कार्यपालिकाको कार्यालय, १० वटै वडा कार्यालय, नगरस्तरीय कार्यालय र विद्यालयहरू बन्द हुनेछन् । धनकुटा नगरपालिका क्षेत्रलाई आफ्नो उद्गम स्थल मान्दै आएका आठपहरियाहरुले १५ दिनसम्म धुमधामका साथ वडाङ्मेट पर्व मनाउने गरेका छन् ।

आइतबार, १० मंसिर, २०८०, दिउँसोको ०४:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर