पत्रकार दियालीको उपकचारका लागि खरेलको सहयोग

विराटनगर । पत्रकार तथा लघुकथाकार शंकर खरेलले मिर्गौला सम्बन्धी समस्या झेल्दै आएका सुनसरीका पत्रकार पिवि दियालीलाई २५ हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेका छन् ।

गएको शनिबार खरेलद्वारा लिखित लघुकथा संग्रह ‘ओम तृप्यन्ताम’ कृति विमोचनका क्रममा भएको बिक्रीबाट संकलन भएको रकम उपचार खर्चस्वरुप बिरामी पत्रकार दियालीलाई दिएका हुन् । कृति विमोचन समारोहमै उनले बिक्रीबाट प्राप्त हुने रकम दियालीको उपचारका लागि सहयोगस्वरुप हस्तान्तरण गर्ने घोषणा गरेका थिए ।

पत्रकार दियालीको दुवै मिर्गौलाले काम गर्न छोडेपछि डायलासिस गरेर उपचार गराइरहेका छन् । उनले मिर्गौला फेर्ने तयारी गर्दै खर्च जुटाइरहेको परिवारले जानकारी दिएको छ । सहयोग हस्तान्तरण गर्दै पत्रकार खरेलले थप रकम पनि सहयोगमा उपलब्ध गराउने सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनले दियालीको उपचारका लागि सहयोग जुटाइदिन आग्रह पनि गरेका छन् ।

शुक्रबार, ०८ मंसिर, २०८०, बिहानको ०७:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर