काठमाडौं । सरकारले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई बर्खास्त गर्ने तयारी थालेको छ ।
रेडियो नेपालका समाचार प्रमुख नवराज लम्सालले सञ्चालन गरेको अन्तरसंवाद कार्यक्रमका अतिथि डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै राखेका विचारको विषयमा माफी मागेका कार्कीलाई सरकारले बर्खास्त नै गर्नेगरी स्पष्टिकरण सोधेको हो ।
सञ्चार तथा सुचना प्रबिधि मन्त्रालयले सो कार्यक्रमको बारेमा तीन दिनभित्र स्पष्टिकरण बुझाउन कार्कीलाई पत्र पठाएको छ। यस्तै मन्त्रिपरिषदकै निर्णय भन्दै कार्कीलाई सञ्चार मन्त्रालयकै लेटरप्याडमा मंगलबार नै अर्को स्पष्टिकरण सोधिएको छ । उक्त स्पष्टिकरणमा ७ दिनभित्र जवाफ दिन भनिएको छ। वैशाख ९ गतेको मन्त्रिपरिषदको निर्णय भन्दै कार्कीलाई मन्त्रालयका सचिब दिपक सुवेदीले पत्र लेख्दै सोमबार स्पष्टिकरण सोधिएको हो ।
सञ्चार मन्त्रालयले सोधेको पहिलो पत्रमा कार्यक्रमको विषय उल्लेख छ भने अर्को पत्रमा विभिन्न कारण देखाएर स्पष्टिकरण सोधएिको छ । स्पष्टिकरण सोधिएपछि कार्कीले आपूmलाई बर्खास्त गर्ने तयारी भएको भन्दै सामाजिक सञ्जालमा लेखका छन् ।
सोमबार प्रशारिर कार्यक्रमको विषयमा सोहि दिन १५ गतेकै मितम मन्त्रिस्तरीय निर्णय भन्दै स्पष्टिकरण सोधिएको छ । पत्रमा सहसचिब राधिका अर्यालयको हस्ताक्षर छ । ९ गतेको मन्त्रिपरिषद बैठकको निर्णय भन्दै सोधिएको स्पष्टिकरणको पत्र भने १६ गतेको मितिमा लेखिएको छ ।
रेडियो नेपालमा सोमबार विहान साढे ६ बजे प्रसारित ‘अन्तरसम्वाद’ कार्यक्रममा जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई अतिथि बनाइएको थियो । कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै ‘भष्मासुर’ लगायतका शब्द प्रयोग गरेका थिए ।
यससलाई लिएर रेडियो रेडियो नेपालको तर्फबाट कार्कीले सोमबार नै विज्ञप्ति जारी गरेर माफी मागेका थिए । भट्टराईले प्रधानमन्त्री ओलीप्रति लक्षित गरी प्रयोग गरेको भाषा र विचारले दुःखी बनाएको भन्दै आगामी दिनमा अतिथि चयन गर्दा गम्भीर रुपमा सचेत हुने भन्दै रेडियो नेपालले सो कार्यक्रम आफ्नो अनलाईनबाट पनि हटाएको थियो ।