विराटनगर । कोरोना भाइरस संक्रमणको जोखिम कायम रहेको भन्दै सरकार पटक पटक लकडाउनको अवधि थपिरहेको छ । सरकारले लकडाउन कडा बढाउन भन्दै स्थानीय प्रशासनलाई पत्राचार गरेरै निर्देशन जारी गरेको छ । तर बजारको अवस्था भने फरक छ । बजारमा लकडाउन छैन । जताततै लकडाउनको खुलेआम उल्लंघन भइरहेको छ ।
मंगलबार मध्यान्ह १२ बजेको समयमा विराटनगर लकडाउन खुलेको अवस्था जस्तै देखिन्थ्यो । बजार पसल नाममात्रका बन्द थिए, कुना काप्चा र आधा सटर खोलेर व्यापार चलाउनेहरुको कमि थिएन । साइकल, मोटरसाइक, गाडी र पैदल यात्रीहरुको ओहोरदोहोरले लकडाउन छ भन्ने अनुभूति गर्न सकिने अवस्था छैन ।