इलाम । इलामको फाक्फोक्थुम–३ रातमाटेका १२ बर्षीय मनोज लिम्बूलाई खोलाले बगाउँदा उनको मृत्यु भएको छ ।
सोमबार दिउँसो साढे १ बजे साथीसंग घर नजिकै रहेको फाक्फोक खोलामा माछा मार्न गएका लिम्बुलाई अविरल वर्षाको कारण खोलामाआएको बाढीले बगाउँदा उनि बेपत्ता भएका थिए ।
आफन्तले खोजी गर्ने क्रममा करिब २ किलोमिटरको दुरीमा खोलाको किनारमा उनको शव फेला परेको भनि प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली खटि गई कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ ।