दार्जिलिङ्ग प्रवेश गर्न खोज्ने नेपालीलाई फर्‍काईयो

ईलाम । ईलामको पशुपतिनगर नाकाबाट लकडाउनको समयमा लुकीछिपी भारतबाट नेपाल प्रवेश गर्दै गरेका २० जना नेपालीलाई उतै फर्‍‍‍काईएको छ ।

सोमबार बिहान भारतको सुकीया दार्जिलिङबाट पुलखोला हुँदै पशुपतिनगरबाट नेपाल प्रवेश गर्न लाग्दै दोलखाका २० जना नेपालीलाई सुरक्षा निकायले रोकेर उतै फर्‍काईदिएको हो । कामको शिलशिलामा भारतका विभिन्न स्थान बसेर उनीहरु लकडाउनको समयमा दोलखा प्रवेश गर्न लागेका थिए ।

सशस्त्र प्रहरी बल पशुपतिनगरका इन्स्पेक्टर पवन खड्काले भारतबाट आएका उनीहरुलाई आवश्यक जानकारी लिई भारत नै फर्‍‍‍काईएको बताउनुभएको छ । उहाँले लकडाउनका कारण यातायात समेत सञ्चालन नहुँने भएपछि उनीहरुलाई उतै फर्‍‍‍काईएको जानकारी दिनुुुभयो ।

सशस्त्र प्रहरीले भने ईलामको नेपाल भारत सिमा क्षेत्रका १८ स्थानमा भने सशस्त्र प्रहरी पोष्ट स्थापना गरी सुरक्षा प्रदान गर्दै आएको छ ।

मङ्गलबार, १६ बैशाख, २०७७, बिहानको ११:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर