गणेश लम्साल
—अमेरिकामा भीषण समुन्द्रि आँधी आउने, हजारौं नागरिकलाई रातारात सुरक्षित स्थानमा सारियो ।
—जपानमा भयानक विनाशकारी भुकम्प प्रभावितहरुको द्रुत रुपमा उद्धार उपचार अनि पुर्नस्थापना ।
—चीनमा कोभिड महामारीको संक्रमण, उपचारका लागि हजारौ शैय्याको अस्पताल रातारात निर्माण
विनाशकारी प्राकृतिक प्रकोपबारेका यस्ता समाचारहरु विभिन्न माध्यमबाट सुन्दै पढ्दै आएका थियौं । र, हामीलाई अचम्म मात्र लाग्दैनथ्यो आरिस पनि लाग्थ्यो, हाम्रो देशको क्षमता र प्राथमिकता यस्तै भइदिए ..!
शुक्रबार राति कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु भएर विनाशकारी भुकम्प गयो । त्यसबाट १५९ जनाको मृत्यु भैसकेको छ । ३३७ जना घाइते भएका छन् । हजारौं घर पूर्णरुपमा भत्किएका छन् ।
शुक्रबार मध्यराति भुकम्प गएको सूचना पाउनासाथ प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड तुरुन्तै सक्रिय बने । सुरक्षा निकाय र प्रशासकहरुलाई अलर्ट गराए । मन्त्रीहरुलाई विभागीय जिम्मेवारीमा लाग्न निर्देशन गरे । बिहानकै राति घाइतेको उद्धार र उपचारमा लाग्ने भन्दै नागरिकहरुलाई सम्बोधन गरेर स्वास्थ्यकर्मीको टोली लिएर सबेरै घटनास्थल पुगे ।
त्यहाँ उनले घटनास्थल र घाइतेको अवस्था आफैंले प्रत्यक्ष अवलोकन गरे । सरकार उद्धार र उपचारका लागि आइसकेको सन्देश पीडितहरुलाई दिए । घाइतेहरुको उद्धारमा कुनै कमजोरी नगरी उनले राज्यका संयन्त्रहरुको चुस्त परिचालन गरे । परिणामस्वरुप सुरक्षा निकायहरुले शनिबार दिँउसोसम्म अधिकांश उद्धार गरेर सबैलाई उपचारको पहुँचमा पु¥याउने सफलता प्राप्त गरे । प्रम प्रचण्डले शिकिस्त घाइतेहरुलाई नेपालगन्ज र काठमाडांैका अस्पतालमा उपचारका लागि पठाउन लगाए । प्रदेश र अन्तर प्रदेशका ठूला अस्पताललाई घाइतेको उपचार गर्ने केन्द्र घोषणा गरे । बिदामा बसेका सबै कर्मचारी चिकित्सक र कर्मचारीहरुलाई सेवामा लाग्न निर्देशन गरे । आफैं चढेर गएको हेलिकेप्टरमा राखेर दजनौं घाइतेहरुको उद्धार गरी उपचार पाउने वातावरण बनाए । साँझ फर्केर आएपछि पनि उनी निरन्तर भूकम्प प्रभावितहरुको उद्धार र राहतकाबारेमै सक्रिय बने । आइतबार विहान उनले मन्त्री परिषद्को बैठक बोलाएर आवश्यक निर्णय गरे । गृहमन्त्री सहितको टोलीलाई आवश्यक राहत र उपचार सामग्री सहित प्रभावित जिल्लामा पठाए । भुकम्प पीडित परिवारलाई तत्काल दुई लाख रुपैयाँ राहत दिने घोषणा गरे । अनि प्रभावित जिल्लालाई तत्काल राहत, उद्धार र उपचारका लागि पाँच÷पाँच करोड उपलब्ध गराउने निर्णय गरे । सबै सहयोग रकम एकद्वार प्रणालीबाट राहत कोषमा जम्मा गर्ने र एकद्वार प्रणालीबाटै वितरण गर्ने नीति लागू गराए । अनि भुकम्प पिडितहरुका नाममा जथाभावी चन्दा संकलन नगर्न आग्रह गर्दै ठगी गर्नेहरुलाई कारबाही गर्ने सन्देश पनि सुरक्षा निकायमार्फत प्रवाह गराए ।
यति मात्र हैन प्रमकै निर्देशनमा नेपाल आयाल निगमले प्रभावित क्षेत्रको उद्धारमा लाग्ने हवाई इन्धन निशुल्क गर्ने घोषणा ग¥यो । टेलिकमले दुई हप्तासम्म दुई जिल्लामा फोन र ईन्टरनेट सेवा निःशुल्क बनायो । यसैबाट प्रेरित भएर प्रदेश सरकारहरुलले पनि सहयोग घोषणा गरे । राहत र स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाए । निजी क्षेत्रहरुले पनि सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए । नीजि अस्पतालहरुले घाइतेको निःशुल्क उपचार गरिदिने भए । संघसंस्था र व्यापारिक प्रतिष्ठानहरुले पनि सहयोग गरे ।अब सिकिस्त घाइतेहरु प्रभावकारी उपचार र मृतकहरुको शव पहिचान गरी सदगत गर्ने काम अगाडि बढेको छ । घरबार गुमाएकाहरुलाई तत्काल सुरक्षित बासको व्यवस्था गर्ने र खानाको प्रबन्ध मिलाउने दायित्व सरकारसँग छ ।
अहिले प्रधानमन्त्रीको सक्रियता हेर्दा सरकारले द्रुतरुपमा काम गर्न सक्छ भन्ने सन्देश गएको छ । यस्तै तदारुकता पुनःनिर्माणमा पनि देखिनुपर्छ । त्यो विश्वास अहिले पैदा भएको छ ।विनाशकारी भुकम्पपछि छिमेकी देश चीनलगायत विभिन्न मुलुकले सहयोगको घोषणा गरेका छन् । जसले सरकारलाई राहत तथा पुनः निर्माणको कार्यका लागि ढाडस प्राप्त भएको छ ।
यस्तो सक्रियता र सकारात्मक क्रियाशीलतालाई केहीले पचाउन चाहिरहेका छैनन् । उनीहरुले प्रधानमन्त्रीको सक्रियतामाथि नकारात्मक टिप्पणीहरुको खोजी जारी राखेका छन् । कुप्रचार गर्नेहरुका लागि तर्क र तथ्य चाहिँदैन बुझपचाउँदा भइहाल्छ ।सरकारको पहिलो कर्तव्य नागरिकहरुको जीवनको रक्षा हो । पहिले घटनामा प्रभावित भएकाहरुको उद्धार र उपचार अनि त्यसपछि मात्र राहत, सुरक्षित बास र पुननिर्माण हुन्छ भनेर उनीहरु बुझ्न चाहदैनन् । प्रधानमन्त्रीले प्रत्यक्ष अवलोकन गरेपछि अवस्था र आवश्यकता पहिचान भई ठिक निर्णय गर्न र सोही अनुरुप जनशक्ति परिचालन गर्न सकिने तथ्यलाई नजरअन्दार गर्न हुँदैन ।
प्राकृतिक प्रकोपका घटनालाई टार्न सकिदैन तर सतर्कता निरन्तर अपनाउन जरुरी हुन्छ । जोकसैको नेतृत्वमा सरकार भए पनि प्राकृतिक प्रकोट टार्न सकिदैन तर सर्तकता र सक्रियताले क्षतिलाई न्यून गर्न सकिन्छ ।आरिसेहरुले जे भनुन् तर यस पटकको भूकम्पमा प्रधानमन्त्री प्रचण्ड र उनी नेतृत्वको सरकारको सक्रियता र कार्य प्रशंसायोग्य छ । प्रतिपक्षीले पनि फत्तुर लगाउने मसला भेटेका छैनन् ।
नेपाल बाढी, पहिरो, आगलागी, चट्याङ, भूकम्प आदि प्राकृतिक प्रकोपका दृष्टिले जोखिममा छ । विसं १९९०, २०४५,२०६८ र २०७२ सालमा गएको ठूला भुकम्पले नेपालमा धेरै जनधनको क्षति भैसकेको छ । त्यसबेला यो गतिका साथ उद्धार, उपचार र राहत व्यवस्थापनको काम भएको थिएन ।
हो, प्राकृतिक प्रकोप नियन्त्रण र रोकथामको क्षेत्रमा सरकारले अरु धेरै तयारी गर्न आवश्यक छ । त्यस अनुरुप जनशक्ति र साधनस्रोतको जोहो गर्नुपर्ने छ । सीमित स्रोत साधनकाबीच प्रभावकारी काम गर्नसक्नु सरकारको सफलता हो । प्रचण्ड नेतृत्वको सरकार जनताप्रति जिम्मेवार छ भन्ने यो उदाहरण पनि हो । माथि उल्लेख भएका मुलुकलेझैं प्रतिकार्य गर्न नसके पनि पछिल्लो समय इजरायल घटना र जाजरकोट भूकम्पको घटनामा देखाएको तदारुकताले सरकार प्रशंसाको हकदार बनेको छ । सरकारप्रति जनविश्वास बढाएको छ । अन्तमा प्रम प्रचण्ड र उनको सरकारको सक्रिय भूमिकाले मलाई पनि प्रशंसा गर्न बाध्य बनाएको छ — वाह ! जनताको सरकार । धन्यवाद ! प्रधानमन्त्री प्रचण्ड र तपाइँ नेतृत्वको सरकार ।