काठमाडौं । बिहिबार नेप्से ११ अंकले घटेको छ। नेप्सेले यो साता ५७ अंक गुमाएको छ। नेप्से १८४८ विन्दुमा ओर्लिएको छ।
सूचक घटेपनि बिहिबार दसैंपछिकै सर्वाधिक कारोबार भएको छ। संस्थापक सेयर धेरै किनबेचका कारण ९६ करोड ४४ लाख रुपैयाँको कारोबार भएको हो। आशा लघुवित्तको सवा १० करोडको संस्थापक सेयर किनबेच भएको छभने प्राइम कमर्सियल बैंकको पनि झन्डै साढे ६ करोडको संस्थापक सेयर कारोबार भएको छ।
यस्तै चन्द्रागिरी हिल्सको सेयर मूल्य बिहिबार ६ प्रतिशतले बढेको छ। कम्पनीको सेयर मूल्य प्रति कित्ता ६४ रुपैयाँ बढेर ११ सय २४ रुपैयाँ पुगेको छ।