कम्बोडियाको टेलिकममा ३ हजार करोड लगानी गरेको पत्ता लगाउनेलाई १ हजार थपेर दिन्छु : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ३ वर्ष अगाडिको भिडियोलाई अहिले फिजाएर अफवाह फैलाउन खोजिएको आरोप लगाएका छन ।

एमालेका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका दुर्गा प्रसाईंले जी टीभीको पुरानो भिडियोलाई आधार बनाएर ओलीले कम्बोडियाको कम्पनीमा लगानी गरेको आरोप लगाएका थिए । त्यसको जबाफ दिदै ओलीले नेपालले आफ्नो नक्सा जारी गरेको विरोधमा भारतीय जी टीटीले बनाएको अनर्गल भिडियो शेयर गरिएको बताएका हुन् ।

गण्डकी प्रदेशका निर्वाचित पदाधिकारीको शपथ ग्रहण समारोहलाई सोमवार पोखरामा सम्बोधन गर्दै ओलीले भने ‘एमालेलाई बदनाम गर्ने रोडम्यापअनुसार कम्बोडियाको कुरा ल्याइएको हो । कम्बोडियामा ३ हजार करोड राखेको छु भन्ने पत्ता लगाउनेलाई त्यसमा १ हजार रुपैयाँ थपेर दिन्छु, त्योभन्दा धेरै दिनलाई मसँग पैसा छैन ।’

‘नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय जी टीभीले केही अनर्गल प्रचार गरेको उनको दावि छ । कम्बोडियाको दूरसञ्चार कम्पनीमा ओलीले ३ हजार करोड लगानी गरेको छ । पछि उनीहरूले त्यो कुरा सच्याएर माफी मागेपछि मैले उनीहरूलाई अन्तर्वार्ता दिएको हुँ,’ ओलीले भने, ‘३ वर्षअघि प्रचार गरेर सच्चाइसकेको भिडियो अहिले आएर नेपालमा हल्ला फिँजाएका छन् । ओलीको नाममा सिमरामा २७ विघा जमिन रहेको हल्ला चलाए, गठ्ठाघरमा ३७ रोपनी लिएको भनेर हल्ला चलाए । स्विस बैंकमा लगेर ६० करोड छ भनेर हल्ला चलाए ’ उनले भने ।

सोमबार, १३ कार्तिक, २०८०, दिउँसोको ०४:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर