माओवादी केन्द्रको अभियान थप एक महिना चल्ने

विराटनगर । नेकपा माओवादी केन्द्रले जनतासँग विशेष रूपान्तरण अभियानको अबधि थप गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको पार्टी पदाधिकारीको बैठकले अभियानको अबधि एक महिना थप गर्ने निर्णय गरेको हो ।

बैठकले अहिलेसम्म भएका कामको समीक्षा गर्दै अभियानको क्रममा दसैँ, तिहार जस्ता ठुलो चाडपर्वले अवरोध पुर्‍याएकाले एक महिना समय थप गरेको सचिव गणेश साहले जानकारी दिए । अभियान अपेक्षित रुपमा सफल भएको निश्कर्षसहित बैठकले अबधि थपेको हो ।

बैठकमा शान्ति प्रक्रिया, संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण, विपक्षी दलका नेता केपी ओलीसँग भएको भेटवार्ताबारे अध्यक्ष प्रचण्डले बैठकमा सामान्य जानकारी गराएका थिए । साउनको तेस्रो साता बसेको माओवादीको केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसार गत भदौ १६ देखि माओवादी केन्द्रले ७५३ वटै पालिकामा वडा केन्द्रित माओवादी विशेष रूपान्तरण तीन महिने अभियान चलाएको थियो ।

मंसिर १६ सम्म चल्ने भनिएको अभियान अब पुस १६ सम्म सञ्चालन हुने सचिव साहले जानकारी दिए ।

आइतबार, १२ कार्तिक, २०८०, दिउँसोको ०४:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर