विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चाडबाड र हाम्रा सांस्कृतिक पर्वहरू आपसी सहिष्णुता र भावनात्मक एकताका प्रतीक भएको बताएका छन् ।
विजया दशमीको अवसरमा आज शुभकामना सन्देश दिँदै कार्कीले शान्ति, स्थिरता र समुन्नतिका मार्गमा प्रदेश सरकार गतिशील रहेको बताएका छन् ।
प्रदेश सरकार संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै सुशासन कायम गर्न लागेको दाबी गर्दै सन्देशमा मुख्यमन्त्री कार्कीले हजारौं जनताको बलिदान, त्याग र संघर्षबाट प्राप्त संविधान र त्यसका उपलब्धिलाई संस्थागत र सुदृढ नगरेसम्म समुन्नत नेपालको मार्गमा अघि बढ्न नसक्ने उल्लेख गरेका छन् ।
समुन्नतिका लागि दसैँ पर्वले आपसमा प्रेम, भाइचारा, सहिष्णुता र समन्वयको भावधारालाई अङ्गीकार गर्ने संकल्पसमेत मुख्यमन्त्री कार्कीको छ ।