मुख्यमन्त्री कार्कीलाई राप्रपाले विश्वासको मत नदिने

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत नदिने भएको छ ।अन्य दलहरूले विश्वासको मत दिने तयारी गरिरहँदा राप्रपाले भने विपक्षमा मतदान गन जनाएको हो ।

‘हामीले कुनै निर्णय गरेका छैनौं,’ राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले भने ‘अहिलेसम्म विपक्षमा मतदान गर्नुपर्छ भनेर छलफल भइरहेको छ । भोलि बिहान १० बजे संसदीय दलको बैठक राखेका छौं, त्यसले थप निर्णय गर्छ ।’

एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।सत्ता गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र)ले पनि कार्कीलाई विश्वासको मत दिने जनाएको छ ।गठबन्धनको निर्णय विपरीत नेपाली कांग्रेसबाट विद्रोह गर्दै कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् ।

उनले बुधवार विश्वासको मत लिन लागेका छन् ।​प्रदेशसभा सचिवालयले बुधवारका लागि प्रदेशसभा बैठक बोलाएको छ ।

कार्कीलाई राप्रपा बाहेकका दलको विश्वासको मत आउने सम्भावना छ ।

मङ्गलबार, ३० असोज, २०८०, साँझको ०७:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर