विराटनगर । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोशी प्रदेश सरकारमा एमालेको सहभागिता करेक्सन हुने बताएका छन् ।
समाजवादी मोर्चाको सुदूरपश्चिम स्तरीय सभालाई सोमवार कैलालीको धनगढीमा सम्बोधन गर्दै प्रचण्डले कोशीमा सत्ता गठबन्धनकै जित हुने दाबी पनि गरेका छन् । काँग्रेसको असन्तुष्ट गुट र एमालेको गठबन्धन बन्नु लाजमर्दो भएको उनले टिप्पणी गरेका छन्।
कोशीमा दुई वटा गठबन्धन बनेको समेत उनले बताएका छन् । एमाले र काँग्रेसको असन्तुष्टको र केन्द्रीय सत्ता गठबन्धनको दुई वटा बनेको उनले बताएका छन् । दुई वटा गठबन्धन बनेपछि धेरै मेहनत गरेर एउटै गठबन्धन छ ।
एउटै गठबन्धनमा दृढ छौँ भनेर कमिटमेन्टसहित हस्ताक्षर गर्यौँ’ प्रचण्डले भने, ‘एमालेले गरेको चलखेल त्यही रोकियो भनेको तर एमाले मन्त्री छिराइ हालेछन्, त्यो करेक्सन हुन्छ । जित्नलाई यही गठबन्धनले जित्छ ।’