एमालेका राना र आफ्नो समूहका राईलाई मन्त्री नियुक्त गर्दै कार्की

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने भएका छन् ।

मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको शपथ लिएसँगै दुई जनालाई मन्त्री बनाउने भएका हुन् । नेकपा एमालेले आफ्नो पार्टीबाट तीन जनालाई मन्त्री बनाउन दबाब दिएको भएपनि कार्कीले १–१ जनालाई मात्र नियुक्त गर्ने भएका हुन् ।

शनिबार नेपाली काँग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले कांग्रेसका विद्रोही सांसदमध्ये इलामका शम्शेर राई र एमालेबाट दलका उपनेता इलामकै रामबहादुर राना मगर मन्त्री नियुक्त गर्ने भएका हुन् । उनीहरुको पनि सपथको तयारी भइहरेको छ ।

कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा कार्की प्रदेशको आठौं मुख्यमन्त्री नियुक्त भएका हुन् ।

आइतबार, २८ असोज, २०८०, दिउँसोको ०३:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर