विराटनगर । कोशी प्रदेशमा डा शेखर कोइराला समूहले ‘विद्रोह’ गरेपछि संस्थापन पक्षको आह्वानमा कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक दिउसो ११ बजे बस्दै छ ।
कांग्रेसले शुक्रवार आवश्यक निर्णयको लागि भन्दै कार्यसम्पादन समितिको बैठक बोलाएको हो । सत्ता गठबन्धनको निर्णयविरुद्ध नेकपा (एमाले)सँग मिलेर केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि सभापति शेरबहादुर देउवा पक्षधर कांग्रेसले आकस्मिक रुपमा कार्यसम्पादन समितिको बैठक बेलाएको हो ।
गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई उम्मेदवार बनाउन संस्थापन कांग्रेसले सहमति गरेसँगै पार्टीमा विद्रोह जन्मिएको हो ।
आङ्बोलाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णयविपरीत कार्कीले शेखर पक्षका ८ सांसदसहित एमालेको समर्थनमा मुख्यमन्त्रीको दावी पेश गरेका हुन् । यसलाई लिएर बैठक बोलाइएको का कोशी कांग्रेसका महामन्त्री भुपेन्द्र राईले बताए । कार्यसम्पादन समितिको बैठक पछाडी काग्रेस संसदीय दलको बैठक आजै वोलइएको छ ।