विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशसभा सदस्य केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीको दाबी गरेका छन् ।
कार्कीले नेकपा एमालेका ३९ र उनकै दलको ८ जनाको सांसदको समर्थन लिएर मुख्यमन्त्री दाबी पेस गरेका हुन् ।
अहिले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष बहुमत दाबी पेस गरेको कार्कीले बताए । बहुमत ४७ सांसदको समर्थन लिएर संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीको दाबी पेश गरेको कार्कीले बताए ।
सत्तारुढ गठबन्धनको बैठकले माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो । त्यहि अनुसार आङ्बोले दावी पेश गरिसकेका छन् । गठबन्धनको निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्कीले पनि एमालेको समर्थन लिएर मुख्यमन्त्री दाबी गरेका हुन् ।