विराटनगर । नेकपा एमालेले ४७ सांसदको समर्थन लिएर गठबन्धन आए कोशी प्रदेशमा आफ्नो पार्टी प्रतिपक्षीमा बस्न तयार रहेको जनाएको छ ।
एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्रीले राजीनामा दिएपछि आफ्नो पार्टी चुप बसेको बताएका हुन् । उनले मध्यावधिमा जाने अवस्था आयो भने अर्को विकल्पमा जाने बताए । ‘उहाँहरु आफूआफू झगडा गरेर ४७ बनाउनु भएन भने हामीले मध्यावधि रोक्नकै लागि कसैलाई साथ दिनै पर्छ,’ भण्डारीले भने, ‘उद्धब थापाले पु¥याए पनि इन्द्र आङ्बोले पु¥याए पनि ४७ पु¥याउँदा हामी असहयोग गर्दैनौं । उपसभामुख पनि अहिले सकुशल हुनुहुन्छ । उहाँले अब अध्यक्षता गर्नुहुन्छ । हिंजो पनि भागेको होइन । आज पनि भाग्दिन भन्नुभएको छ । हामी ढुक्क छौं । हामीले सही नगर्दा मध्यावधिमा नजाने अवस्था भयो भने हामी सही गर्दैनौं ।’
केपी ओली र शेखर कोइरालाबीचको कुराकानी अहिले मात्रै नभएको र पहिलेदेखि नै भइरहेको उनले बताए । उनले मध्यावधिमा जाने अवस्थालाई जोगाउन उद्धव थापा, केदार कार्की, इन्द्रबहादुर आङ्बो, दुर्गा चापागाईं जसले सहयोग माग्छन् उसैलाई सहयोग गर्न तयार रहेको बताए । ‘तर गठबन्धनले ४७ को हस्ताक्षर पु¥याएको खण्डमा आरामले प्रतिपक्षमा बस्न तयार छौं । मध्यावधि टार्न गरेको कोशीसलाई कसैले कमजोरी नठानोस्,’ उनले भने ।