अख्तियार सदस्यलाई नै अख्तियारले मुद्दा चलाउनु पर्ने स्थिति दुर्भाग्यपूर्ण : सांसद थापा

काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगन थापाले, अख्तियारका सदस्यलाई अख्तियारले मुद्दा लगाउनु पर्ने अवस्था दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

बुधवार राज्यव्यवस्था समितिको बैठकमा उनले भ्रष्टाचार नियन्त्रणका लागि जरामै समस्या रहेको भन्दै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियुक्ति प्रक्रिया मै दलगत हस्तक्षेप र भागबन्डा भएकाले समस्या बढेको बताए ।

उनले भने, ‘यसको जरामा समस्या छ । जरामा समस्या भनेको नियुक्तिमा समस्या छ । नियुक्तिमा यति दलगत हस्तक्षेप र भागबन्डा छ । पछिल्लो समय अदालतले समेत भाग खोजेको छ । अख्तियारको सदस्यलाई अख्तियारले मुद्दा लगाएर बस्नु परेको अवस्था आएको छ ।’
उनले अख्तियार आयोगको नियुक्तिको मापदण्ड र प्रक्रियालाई बदल्न आवश्यक रहेको बताए

अख्तियारको सदस्यलाई अख्तियारले मुद्दा लगाएर बस्नुपरेको अवस्था आएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नियुक्तिमा दलगत हस्तक्षेप र भागबन्डा रहेको बताएका हुन् ।उनले भने,‘अख्तियार आयोगका नियुक्तिको मापदण्ड,प्रक्रियालाई नबद्लीकन यहाँ गर्ने कुरा मात्र हुन्छ ,परिणाम दिँदैन । नियुक्ति मापदण्डबारे कानुनमै समावेश गर्नुपर्छ । ’

उनले राष्ट्रिय सतर्कता केन्द्रलाई अख्तियार मातहत लैजानु पर्ने तर्क गरे ।

बुधबार, २४ असोज, २०८०, दिउँसोको ०४:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर