कोशी कोभिड अस्पताल मनमोहन विश्वविद्यालयलाई हस्तान्तरण गर्ने कि !

 गणेश लम्साल

 कोरोना संक्रमणका वेला तत्कालीन १ नम्बर प्रदेश सरकारले अलग्गै कोभिड अस्पताल सञ्चालन गरेर सह्रानीय काम गरेको थियो । जसले गर्दा कोभिडका धेरै संक्रमितहरुले उपचार पाउन सके । यसले प्रदेशमा कोराना संक्रमण नियन्त्रण गर्न र रोकथाम तथा उपचारमा पनि ठूलो योगदान पुग्यो ।

अहिले संक्रामक रोकको ठूलो प्रकोप छैन । यो वेलामा अब अस्पताललाई रिजर्वमा राख्ने कि बन्द गर्ने भन्ने दोधारमा सरकार छ । हुन त महामारी सधैं बाजा बजाएर आउदैन । र , महामारी सधंै एकै स्वरुपमा पनि हुँदैन । यसैले अस्पतालाई महामारी रोकथामनका लागि जोगाएर राख्नु पनि जरुरी हुन्छ । कोरोना महमारीपछि अहिले विरामी भर्ना शून्यमा झरिसकेको छ । यसैले मलाया रोड स्थित नेशनल टे«डिङको भवनमा सञ्चालन भएको उक्त्त अस्पतालमा सरकारले खरिद गरेका र दाताहरुले दिएका करोडौंका आधुनिक उपकरणहरु प्रयोगविहीन अवस्थामा छन् ।

कोरोना संक्रमित भर्ना शून्य भएपछि प्रदेश सरकार मातहत रहेको समाजिक विकास मन्त्रालयले कोभिड अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरुलाई बिदा पनि दिइसकेको छ । हाल अस्पताललाई उपयोगमा ल्याउन प्रदेश सरकारले कोशी अस्पताल मार्फत नै उपचार केन्द्र पनि सञ्चालन गरिरहेको छ । जहाँ विरामीहरु उपचार गराउँन नजादा प्रभावकारी हुन सकेको छैन भने व्यापार केन्द्रको संरचना प्रयोग गरेवापत सरकारले नियमित महंगो भाडा तिरिरहेको छ ।

कोशी कोभिड अस्पतालमा पर्याप्त आइसियु सहित १०० बढी शैय्याहरु छन् । अस्पताललाई कुन स्वरुपमा चलाउने भन्ने विषयमा निर्णय गर्न नसक्दा यो अस्पताल प्रदेशका लागि सेतो हात्ती बन्ने खतरा पनि छ ।

कोभिड अस्पताललाई प्रयोगविहीन राख्नुभन्दा अब प्रदेशको शिक्षण अस्पतालका रुपमा विकसित गर्नु उपयुक्त हुनसक्छ । यसो भएमा अस्पतालमा भएका सम्पूर्ण उपकरणहरु नष्ट हुनबाट जोगाउन सकिन्छ । अर्कोतिर आम नागरिकहरुले पनि सस्तोमा प्रभावकारी सेवा पाउने अवस्था बन्छ । कुनै समय कुनै महामारी आइपरेमा तत्काल व्यवस्थापन गर्ने जनशक्ति पनि अस्पतालसँग हुन्छ ।

कोशी प्रदेश सरकारले गौरवकै रुपमा देशमै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालय पनि स्थापना गरेर सञ्चालन गरिरहेको छ । मोरङको बुढीगंगा गाउँपालिकामामा अवस्थित विश्वविद्यालयमा सिभिल र इलेक्ट्रिक अनि इलेक्ट्रिोनिक्स विषयमा स्नातक तह अनि औषधि विज्ञानतर्फ बिफार्मेसीका कक्षाहरु सञ्चालन भैरहेका छन् । मनमोहनले आफ्नो अस्पताल नहुँदा विधार्थीहरुलाई अभ्यास गराउन समस्या झेलिरहेको छ । दक्ष जनशक्ति उत्पादन गर्ने उसको लक्ष्यमा अस्पताल नहुँदा अवरोध पुगेको हो ।

देशकै पहिलो प्राविधिक विश्विद्यालय मनमोहनले आगामी दश वर्षभित्र आफूलाई एसियामै चिनिएको विश्वविद्यालयका रुपमा स्थापित गर्न लक्ष्य लिएको छ । तर पूर्वाधार अभावमा अझै मेडिकल क्षेत्रमा आवश्यक पर्ने जनशक्तिहरुको कक्षा सञ्चालन गर्न पाइरहेको छैन । यसबारे जानकार भएर पनि प्रदेश सरकार मौन छ ।

अबको समय स्वास्थ्य क्षेत्रमा पनि दक्ष जनशक्तिको अभाव खड्किरहेको छ । दक्ष जनशक्तिको अभावमा हाम्रो स्वास्थ्य उपचार सेवा अझै परनिर्भर भैरहेको छ । न भरपर्दो अभिलेख प्रणाली स्थापना भएको छ न दक्ष ल्याव टेक्निसियनहरु नै उत्पादन हुनसकेका छन् । यसले गर्दा उपकरणहरुको मर्मत गर्ने जनशक्तिहरु पनि विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ ।

त्यसैले कोशी प्रदेश सरकारले हाल प्रयोगविहीन अवस्थामा रहेको कोशी कोभिड अस्पताललाई प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरेर शिक्षण अस्पतालका रुपमा सञ्चालन गराएमा प्रदेशमा स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने थियो । त्यत्ति मात्र हैन सरकारले आफंै खर्च गरेर अस्पतालाई सधंै सेतो हात्ती बनाएर राखिरहनु पर्ने पनि थिएन । अस्पतालको सञ्चालन प्रदेश सरकार मातहतै रहेको विश्वविद्यालयले गर्ने हँुदा सरकारलाई कर्मचारी व्यवस्थापनको भारपनि पर्ने थिएन । यसबारे कोशी प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरु मात्र नभएर सबै सरोकारवालाहरुले पनि चासो दिनु आवश्यक हुन्छ होला ।

सोमबार, ०४ भदौ, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर