विराटनगर । नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिले आज मोरङ, सुनसरी र झापाका पत्रकारहरु सेनिटाइजर र मास्क बितरण गरेको छ ।
कोरोनाको जोखिमको बेला फिल्डमा सक्रिय पत्रकारहरुको सुरक्षाको लागि मास्क र सेनिटाइजर वितरण गरिएको हो ।
सुनसरीको पत्रकारका लागि ६० वटा सेनिटाईजर र १ सय मास्क सुनसरी अध्यक्ष अमर खड्कालाई, पथरीका सञ्चारकर्मीका लागि २० वटा सेनिटाईजर र १ सय मास्क पत्रकार सन्तोष राईलाई र उर्लाबारीका सञ्चारकर्मीका लागि २० वटा सेनिटाईजर र १ सय मास्क पत्रकार सरोज बस्नेतलाई सम्बन्धित ठाउँमा प्रदेश पत्रकार महासंघको तर्फबाट प्रदान गरिएको हो । महासंघको तर्फबाट पत्रकार रबिन भट्टराईले ती सामान हस्तान्तरण गर्नुभएको छ ।
यसैगरी झापाको दमकका सञ्चारकर्मीका लागि २० वटा सेनिटाईजर र १ सय मास्क तथा झापाका अन्य स्थानका सञ्चारकर्मीलाई वितरण गर्न १२० सेनिटाईजर र २ सय मास्क पत्रकार महासघ जिल्ला शाखा झापामार्फत प्रदान गरिएको महासंघकाप्रदेश अध्यक्ष बिक्रम लुइँटेलले बताउनुभयो। पत्रकार महासंघ प्रदेश समितिलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ती सामग्री उपलब्ध गराउनु भएको थियो।