काठमाडौं । सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकहरूसँग नेपाली नागरिकता भेटिएको छ ।
पक्राउ परेका सातजना चिनियाँसँग सिन्धुपाल्चोकबाट जारी भएको नागरिकता भेटिएको सीआईबीका अधिकारीहरू बताउछन । बेल्जियन नागरिक दावा छिरिङसँग पनि नेपाली नागरिकता भेटिएको सीआईबीले जनाएको छ ।
राजस्व अनुसन्धान विभागले साउन २ गते १५० केजी सुनसहित मोटरसाइकलको ब्रेक सू बरामद गरेको थियो । त्यसलाई गाल्दा ६० केजी सुन भएको थियो ।
सीआईबीले पछिल्लो समयमा चिनियाँ नागरिकलाई लक्षित गरेर अनुसन्धान सुरु गरेको छ । दुई दिनमा मात्रै ६ जना चिनियाँ पक्राउ परेका छन ।