पदक जित्ने तेक्वान्दो खेलाडीलाई सम्मान

विराटनगर । कोशी प्रदेश आइटिएफ तेक्वान्दो संघले पदक जित्ने तेक्वान्दोका खेलाडीहरुलाई सम्मान गरेको छ । भारतको हैदरावादमा सम्पन्न भएको ७ औं दक्षिण एशियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा कोशी प्रदेशबाट छनौट भएर पदक ल्याउने खेलाडीहरुलाई सम्मान गरेको हो ।

विराटनगरमा बिहीबार एक कार्यक्रम आयोजना गरी ७ स्वर्ण पदक, ६ रजत र ६ कास्य पदक गरी १९ वटा पदक जित्ने तेक्वान्दोका खेलाडीहरुलाई सम्मान गरेको नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका संस्थापक अध्यक्ष प्रविणकुमार कार्कीले जानकारी दिए ।

अगष्ट ६ मा सम्पन्न भएको ७ औं दक्षिण एशियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा कोशी प्रदेशबाट छनौट भई नेपालको प्रतिनिधित्व गर्दै १० जना खेलाडीहरू सहभागी भएका थिए । नेपालका तर्फबाट मोरङका राजेन्द्र धिमाल र झापाका चन्द्रबहादुर तामाङले रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

पदक ल्याउने खेलाडीहरुलाई प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिब हंशराज वाग्ले, नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका संस्थापक अध्यक्ष प्रविणकुमार कार्कीले सम्मान गरेका थिए ।

कुसुम राजवंशीले दुई स्वर्ण पदक, सविना मगरले दुई स्वर्ण पदक, सोमबहादुर राजवंशीले दुई स्वर्ण पदक, केरिषा आर्चायले एक स्वर्ण र दुई रजत, नितेश खवासले दुई कास्य, रोशन मगरले एक स्वर्ण र एक कास्य, श्यामप्रसाद बासकोटाले एक कास्य, वीरबहादुर तामाङले एक कास्य पदक जितेका थिए । यसैगरी सजिना तामाङले एक स्वर्ण, एक रजत र एक कास्य गरी ३ वटा पदक जितेका थिए भने आलोक राईले एक रजत पदक दिलाएका थिए ।

त्यसैगरि कोशी प्रदेशबाट आई टि एफ तेक्वान्दो हालसम्म सबै भन्दा बढी मेडल प्राप्त गर्न सफल भएका हुन् ।

शुक्रबार, ०१ भदौ, २०८०, बिहानको ०७:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर