उद्योगमन्त्री जगदिशप्रसाद कुसियैतको नेतृत्वमा आपूर्ति समिति गठन

समितिले दैनिक उपभोग्य वस्तुको मागको प्रक्षेपण र आपूर्तिका लागि उत्पादक वा सम्भावित आपूर्तिकर्ताको पहिचान गरी सहज आपूर्तिको सुनिश्चितता गर्ने

विराटनगर । लकडाउन (बन्दाबन्दी) को समयमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु तथा सेवाको आपूर्ति तथा विक्री वितरण व्यवस्थित गर्न प्रदेश १ सरकारले आपूर्ति व्यवस्थापन समिति गठन गरेको छ ।

प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतको संयोजकत्वमा गठित समितिले प्रदेशका १४ वटै जिल्लाका १३७ पालिका भित्रको आपूर्ति व्यवस्थापनको नियमित र सहज तुल्याउने जिम्मेवारी पाएको छ ।

यस्तै समितिले दैनिक उपभोग्य वस्तुको मागको प्रक्षेपण र आपूर्तिका लागि उत्पादक वा सम्भावित आपूर्तिकर्ताको पहिचान गरी सहज आपूर्तिको सुनिश्चितता गर्ने, खाद्यान्न, ‍औषधी, हरियो सागसव्जी, पेट्रोलियम, एल.पि.जी. ग्यासलगायतका वस्तुको नियमित आपूर्तिको सुनिश्चितता गर्ने, संकटको समयमा जमाखोरी, कालोबजारी, मूल्यवृद्दि लगायतका गैरकानूनी गतिविधि हुन नदिन अनुगमन, नियमन तथा तत्काल कारवाहीको व्यवस्था मिलाउने, दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योग संचालन गर्ने प्रवन्ध मिलाउने जस्ता विषयमा केन्द्रित भई प्रदेश भित्रको बजारलाई स्वच्छ र आपूर्तिलाई नियमित र सहज बनाउने समितिका संयोजक तथा उद्योगमन्त्री कुसियैतले बताउनु भयो ।

यो विषम परिस्थितिमा उपभोग्य वस्तु र सेवाका प्रदायकले कुनै पनि अनुचित, एकाधिकारपूर्ण र कानूनद्वारा निषेधित व्यापारिक कृयाकलाप गरेमा वा गरेको फेला परेमा यस मन्त्रालयबाट उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य प्रचलित कानून बमोजिम हदैसम्मको कारवाही गर्ने चेतावनी पनि समितिले दिएको छ ।

समितिले बन्दाबन्दीको मौका छोपी दैनिक उपभोग्य वस्तु तथा सेवाको आपूर्ति तथा विक्री वितरणमा कृतिम अभाव सिर्जना गरी तथा अत्याधिक मूल्य लिइ कालोबजारी भइरहेको भन्ने जनगुनासो प्राप्त भएको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

मङ्गलबार, ०९ बैशाख, २०७७, रातीको १०:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर