उदयपुरमा कोरोना अस्पतालको माग

'विराटनगरमा एम्बुलेन्समा बिरामी लैजान गाह्रो भयो, आजै मात्र २/३ टिप लगाउनु पर्यो, त्यसकारण यही कोरोना अस्पताल बनाउनु पर्छ'

विराटनगर । उदयपुरको त्रियुगा–३ भुल्केस्थित मुस्लिम बस्तीका थप १० जनालाई संक्रमण भएको पुष्टि भएसँगै नेपालमा कोरोनाको ‘इपिसेन्टर’ सोही ठाउँ बनेको छ ।

नेपालमा हालसम्म संक्रमितको संख्या ४३ जना पुगेको छ । जसमध्ये २४ जना उदयपुरस्थित सोही ठाउँका छन् । उदयपुरका प्रदेश सांसद बिमल कार्कीले भने उदयपुरमा सयौंमा संक्रमण भएको हुनसक्ने भन्दै गाइघाटमै अस्पताल निर्माणको माग गर्नुभएको छ ।

भुल्केको मुस्लिम बस्तीको प्रत्येक घरका १ जनाको दरले आज ८ जनाको परीक्षण पोजेटिभ देखिएको हो । त्यसमध्ये वस्तीबाटै नेपाली सेनाले लिएको स्वाब परीक्षणमा अन्य २ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । ‘यसरी हेर्दा पनि १० घर परिवारका सबै सदस्यमा कोरोना संक्रमणको आशंका गरिएको छ’, सांसद कार्कीले भन्नुभयो, ‘प्रति घरमा ५ जनाको हिसाव गर्दा पनि न्यूनतम ५० जनामा कोरोना संक्रमण भएको हुनसक्छ ।’

यो परीक्षण गरिएको वस्तीको कुरा भयो । सांसद कार्कीका अनुसार सोही मुस्लिम बस्तीबाट उत्पादित तरकारी आजका दिनसम्म गाइघाटमा सप्लाइ हुने गरेको थियो । ‘मुस्लिम बस्तीमा उब्जिएको तरकारी बस्ती नजिकैको हिन्दूहरुले गाइघाट र भुल्केबजार लैजाने गरेका छन्,’ सांसद कार्कीले भन्नुभयो, ‘लकडाउन कडा भएपछि त मुस्लिम महिलाहरुले गाइघाटका १०, ११, १२ र ३ नम्बर वडाको घरघरमा पु¥याएका आजसम्म पु¥याइरहेका छन् ।’

तरकारीमार्फत् गाइघाटसहित त्रियुगाका धेरैठाउँमा कोरोना भाइरस सर्नसक्ने देखिएको छ । यसकारण पनि कोरोना जाँच बढाउनु पर्ने आवश्यकता देखिएको सांसद कार्कीको भनाइ छ ।

सांसद कार्कीले कोरोनाको सेन्टर भुल्के भएसँगै उदयपुरमै अस्पताल निर्माण गर्नुपर्ने माग पनि गर्नुभयो । उहाले आफूले प्रदेशसरकारसँग आवश्यक कुराकानी गरिरहेको बताउँदै विराटनगरमा बिरामी ओसारेर उपचार अब सम्भव नहुने दाबी गर्नुभयो ।

‘विराटनगरमा एम्बुलेन्समा लैजान गाह्रो भयो, उदयपुर त अहिले इपिसेृन्टर भयो । आजै मात्र २÷३ टिभ लगाउनु पर्ने भयो । त्यसकारण यही हस्पिटल बनाउनु पर्छ,’ कार्कीले भन्नुभयो, ‘संघीय सरकारले भेन्टिलेटर र आइसियु बनाउनका लागि १ करोड रुपैयाँ बजेट निकासा गरेको छ, त्यो रकममा थप गरेर हस्पिटल बनाउनु पर्छ ।’

उदयपुरमै कोरोना अस्पताल बनाउनु पर्नेमा त्यहाँका सबै राजनीतिक दल र जनता सकारात्मक रहेको पनि उहाँको भनाइ छ ।

मङ्गलबार, ०९ बैशाख, २०७७, रातीको ०८:१८ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर