विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आईतबार विराटनगरस्थित कोशी अस्पतालका सुत्केरी महिलाहरुलाई राहत वितरण गरेको छ ।
क्लबले कोशी अस्पतालमा उपचाररत करिब ५० जना सुत्केरीहरुलाई राहत वितरण गरेको हो । आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि राहत स्वरुप क्लबले हरलिक्स, मास्क, तौलिया, सेनिटरी प्याड, हात धुने साबुन र बच्चालाई कपडा प्रदान गरेको छ । विश्वभरि फैलिएको कोरोना भाईरसको सन्त्रासका कारण अस्पतालमा उपचाररत सुत्केरी महिलाहरु पनि आफनो स्वास्थ्य स्थिति प्रति चिन्तित बन्दै गईरहेको अवस्थालाई मध्यनजर गर्दै राहत उपलब्ध गराईएको रोटरी क्लब अफ डाउनटाउनकी अध्यक्ष अर्चना तापडियाले बताउनुभयो ।
साथै आईतबार डाउनटाउनले रोटरी क्लब अफ डिस्ट्रिक ३२९२ को सहयोगमा ५० थान पिपिई समेत हस्तान्तरण गरेको छ । क्लबले कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट सङगीता मिश्रलाई पिपिई हस्तान्तरण गरेको थियो ।
रोटरी क्लब अफ विराटनगर डाउनटाउन विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको संस्था हो । क्लबले भने आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत जारी लकडाउनमा गरिब तथा विपन्न वर्गका परिवारहरुलाई खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग गरिरहेको छ ।