लर्डबुद्ध कलेजको निःशुल्क स्वास्थ्य शिविरमा विद्यार्थीको भिड, पहिलो दिन दुई सयले गराए स्वास्थ्य जाँच

विराटनगर । विराटनगर १० मा रहेको लर्डबुद्ध कलेजले ४ दिन सम्म निः शुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । लर्ड बुद्ध कलेजको आयोजना तथा न्युरो हस्पिटलको प्राविधिक सहयोगमा एसइई दिएका विद्यार्थी र उनीहरूका अभिभावकलाई कलेजले मङ्गलवारबाट ४ दिन सम्म निःशुल्क स्वास्थ्य शिविर सुरु गरेको हो ।

न्युरो अस्पतालकी कार्यकारी निर्देशक डा।अनिशा बिस्टको स्वास्थ्य र शिक्षालाई सँगसँगै लैजाने उद्देश्यका साथ कलेजले विराटनगरमा एसइई दिएका विद्यार्थी तथा अभिभावकहरूलाई निः शुल्क स्वास्थ्य चेकजाँच गरिएको लर्ड बुद्ध कलेजका प्रशासन प्रमुख एन्जेश कोइरालाले जानकारी दिए ।

मङ्गलवारबाट सुरु भएको निः शुल्क स्वास्थ्य शिविरमा पहिलो दिन १९७ जना विद्यार्थी तथा उनीहरूका अभिभावकले सेवा लिएको कलेजले जनाएको छ ।

स्वास्थ्य शिविरमा वरिष्ठ आपत्कालीन सेवा चिकित्सक गोल्ड मेडलिस्ट डाक्टर प्रफुल्ल कोइरालाको नेतृत्वमा डाक्टर सुभम घिमिरे लगायतको चिकित्सकीय टोलीले स्वास्थ्य सेवा प्रदान गरिहरेको छ ।

४ दिन सम्म चल्ने उक्त शिविरमा प्रेसर सुगर लगायत प्रारम्भिक जाँच कलेजमै गरिएको र अन्य थप बिरामीको अवस्था हेरेर न्युरो अस्पतालमा स्वास्थ्य उपचार गरिने कलेजका प्रशासन प्रमुख कोइरालाले जानकारी दिए । शिविरमा सेवा लिनेहरूका लागी न्युरो अस्पतालमा निः शुल्क ओपिडी सेवा र ल्याबहरूमा २५ प्रतिशत सम्म छुटको व्यवस्था गरेको कलेजले जनाएको छ ।

स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन न्युरो अस्पतालका अप्रेसन डाइरेक्टर राजेश भट्टराईले गरेका थिए । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको लर्डबुद्ध कलेजले विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूलाई स्वस्थे राख्न कलेज परिसरमै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

मङ्गलबार, १९ असार, २०८०, साँझको ०६:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर