विराटनगर । भारत तथा तेस्रो मुलुकबाट मुस्लिम समुदायका धार्मिक तीर्थयात्रीहरु (जमात) लकडाउनका कारण सीमा बन्द हुँदा विभिन्न स्थानमा अलपत्र परेको भन्दै मोरङका मुस्लिम अगुवाहरुले उनीहरुको उद्धारमा एकीकृत योजना बनाउन प्रधानमन्त्री समक्ष माग गरेका छन् ।
मोरङ नेकपाका मुस्लिम नेता आजम शेख, ताजिम अन्सारी, नेपाली कांग्रेसका सलिम अन्सारी, संघीय समाजवादी पार्टीका खुर्शिद हबिब इराकी र राजपाका नेता तबरेज हक, ईनामुल हक, कादीर अलीले यस्तो माग गर्नुभएको हो ।
आज मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको ज्ञापन पत्रमा मुस्लिम समुदायका तीर्थयात्रीहरु सिमा बन्द भएपश्चात अलपत्र अवस्थामा बसिरहेको र यस कोरोना भाइरसको संक्रमण नहोस् र यदि भएको अवस्थामा समेत संक्रमण नफैलियोस् भन्नका लागि स्थानीय पालिका, स्थानीय प्रशासन, प्रदेश सरकारसँगको समन्वयमा कोरोना भाइरसको रोकथाम, पचार र प्रतिरक्षामा एकीकृत योजना बनाइ लागू गर्नुपर्ने उल्लेख छ ।
यस्तै लकडाउन भन्दा अगाडि मित्र राष्ट्र भारतलगायत मुलुकबाट नेपाल फर्किएका सम्पूर्ण व्यक्तिहरुको ट्राभल हिस्ट्र, ट्राकिङ, टे«सिङ गरी कोरोना परीक्षणको दायरा बढाई संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न तीनै तहका सरकारको समन्वयमा काम अगाडि बढाउन पनि ज्ञापनपत्रमा माग गरिएको छ ।
विभिन्न ८ बुँदै ज्ञापन पत्रमा लकडाउनको समयमा हुनसकने कालोबजारी, कृतिम अभाव, आर्थिक अपचलनप्रति कानून बमोजिम अनुगमन र कारबाही हुनुपर्ने, किसानहरुले उत्पादन गरेका तरकारी फलफूल, मासुजन्य र दुग्धजन्य कृषि उपजको बजारीकरण र पाकेको बाली भित्र्याउन साथै नयाँ बाली लगाउने वातावरण बनाउनु पर्ने, किसान, उद्योगी, व्यापारीहरुले बैंक तथा विपत्तीयय संस्थाबाट लिइएको ऋणको एक वर्षको व्याज मिनाहा गर्नुपर्ने, विपन्न परिवारको पहिचान गरी विपन्नता कार्ड उपलब्ध गराई घरघरमै राहत उपलब्ध गराउनु पर्ने माग पनि मुस्लिम अगुवाले राखेका छन् ।
साथै उनीहरुले सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने स्वास्थ्य सुररुक्षा समाग्रीहरु (पीपीइ, धर्मल गन लगायत) औषधि, कोरोना परीक्षण किटलगायत आवश्यक उपकरणहरुको उचित व्यवस्थापन गरी स्थानीय स्तरमा नै कोरोना रोकथाम नियन्त्रण तथा उपचारको व्यवस्था मिलाउन माग गरेका छन् ।