धरान । उच्च हिमाली क्षेत्रबाट जडिबुटी लिएर तराईका शहरी क्षेत्रहरुमा झरेका परम्परागत उत्पादक तथा व्यवसायीहरु लकडाउनका कारण घर फर्कन नपाएपछि समस्यामा परेका छन् ।
गएको पुस, माघमा संखुवासभा जिल्लाको उत्तरी शिङसा क्षेत्र भोटखोलाबाट जडिबुटी बेच्न तराई झरेकोमा घर फर्किन नपाएका झापा, मोरङ, सुनसरी लगायत जिल्लाहरुमा अलपत्र परेका ५० जना भन्दा बढी लाई उद्धार गरी गाउ सम्म पु¥याउन शिङसा कल्याण केन्द्र सुनसरी जिल्ला समितिले स्थानिय सरकार धरान उपमहानगरपालिका तथा प्रदेश १ सरकारलाई बिज्ञप्ती बुझाउदै माग गरेको हो ।
केन्द्रले धरानमा पत्रकार सम्मेलन गरी उनिहरु समयमै फर्किन नपाउदा वर्षभरी खाने खेतिपाती गर्नबाट बन्चीत हुने अवस्था सिर्जना भएकोले पनि यथाशिघ्र उद्धार गर्न आग्रह गरिएको जनाएको हो । केन्द्रका अनुसार उनीहरुले चैतमा लगाउनु पर्ने खेतीपाती लगाउन नपाउने अवस्थामा समेत पुगेका छन् ।
शनिबार धरान उपमाहनगरपालिका परिसरकमा गरेको पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तीमा अलपत्र परेका प्राय भोटे समुदायकाहरु लाई खान र बस्नेको समस्या छ । त्यस्तै उनीहरुको जिन्दगी नै कृषि पेशाबाटै गुज्रने भएकाले पनि यस्तो अपिल गर्नुपरेका शिङसा कल्याण केन्द्रका अध्यक्ष निमा पोङस्युवाले जानकारी दिनुभयो ।
पोङस्युवाका अनुसार अहिलेको महामारीपछि भोकमरी सिर्जना हुने अवस्था रहेकाले खाद्यजन्य वस्तु उत्पादनमा आत्मनिर्भरताका लागि उनिहरु समयमा नै गाउ पुग्न जरुरी देखिन्छ । उनले ‘सरकारबाट समेत कृषि सम्बन्धी कार्य र स्थानीय कृषिमा आधारित उद्यमहरु लकडाउनको बेला तोकिएको आचार–व्यवहार परिपालना गर्दै सञ्चालन गर्न’ भनिएको बताएका छन् ।
व्यवहारिक कारणले घरबाहिर रहेको र घर फर्किने क्रममा बाटामा नै अलपत्र परेका मानिसहरुलाई उचित तवरबाट घरसम्म पु¥याउन विभिन्न पक्षहरुबाट माग हुनुका साथै अदालतबाट आदेशसमेत भइसकेकोले उनीहरुलाई कोरोना संक्रमण तथा अस्तव्यस्त बसाइका अवस्थामा आइपर्नसक्ने आपराधिक घटना, अन्य रोगहरुबाट समेत सुरक्षित राख्न ध्यानाकर्षण सहित उनीहरुलाई गाउघर पु¥याउने यथोचित व्यवस्थाका लागि पनि अध्यक्ष पोङस्युवाको आग्रह छ ।
लकडाउनका कारण अलपत्र परेकाहरुमा भोटखोला गाउपालिका च्यम्ताङका छेङिक साङ्मु नुप्पासेच्या भोटे, भुटिक हमुवा, सान्जीत हमुवा भोटे, थाकमीक नुप्पा भोटे, ल्हाजीक्म हमुवा भोटे, फुपु चिप्प हमुवा भोटे, ङिमसाङमु हमुवा भोटे, नाम्टु सेकनेपेदेन भोटे, ङेरुक सेक्नपेदेन भोटे, सिरप सेक्नेपेदेन भोटे, दच्ची नुपा भोटे, रिनेन हमुवा भोट,े पासाङ लेन्डुक भोटे, मिक्मभुटिक बच्चा सहित, जम्लीङ हमुवा भोटे र गुठिगुम्बाका फेन्दो हमुवा भोटे, फुर्पु पेज्यवा भोटे, पिम्वा धर्चे पेज्यवा भोटे, छज्या भोटे, रहेका छन् भने उनीहरु झापा जिल्लामा अलपत्र परेका हुन् ।
यस्तै कासाङ हमुवा भोटे, गोवा ज्यम्याङ पेज्यवा भोटे, चिप्पा आङजीक ल्हामुछिरीङनुपा भुदरम नुप्पा भोटे, ङिन्जीक थुजिवा भोटे, जेनजेन लाहरे ३ जना परिवार, च्यप्साङ हमुवा भोट,े फुरु नुप्पा भोट,े किन्जव दम्पत्ति २ जना, रेजा भोटछेदेन, भोटे दम्पति २ जना, च्याम्जुङ भोटे सुनसरीको धरानमा अलपत्र परेका छन् ।
यस्तै गरी चिप्पा वलुक भोटे, ल्हेरुङ स्याङदरा भोटे बर्दीबास महोत्तरी जिल्लामा अलपत्र परेका छन् भने छाक्चीक नुप्पा भोटे ल्हाक्प तेन्जीन नुप्पा भोटे दिक्तेलमा अलपत्र परेका छन् । इन्जीन नुप्पा सेच्या भोट, सानाक नुपा सेच्या भोटे वेलवारीमा, छिरोक पेज्यवा भोटे उदयपुरको गाईघाटमा, सांमु मदम आमा छारी २ जना झापको काकडभिटामा, गिन्दीन भोटे २ जना, दटुक भोटे, चिप्पा भोटे मोरङको उर्लावारीमा, उचेन भोटे, रिन्जीन भोटे, छुमुसुर, छोलिङ भोटे, पिम्व आंमु भोटे, लाक्प भुटिक भोटे मोरङकै पथरी र दवजिप्प हमुवा भोटे हिस्साम भोटे काठमाण्डूमा समेत अलपत्र परेको पोङस्युवाले जानकारी दिनुभयो ।
यसअघि उनिहरु लाई उद्धार गर्ने सम्बन्धमा भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे (ठिलेन साङबु) संग कुराकानी हुदा उहाले संखुवासभा जिल्ला समन्वय समितिको बैशाख २ गते खाँदबारीमा बैठक बसेको बताएका थिए । तर बैठकमा जिल्ला प्रशासन कार्यालयबाट प्रमूख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय संखुवा सभाका डिएसपी अनुपस्थीत भएकोले कुनै निर्णय हुन सकेनको छैन ।
जिल्लाका १० स्थानीय सरकारका प्रतिनिधि ४ जना सांसद सहितको बैठक बसेपनि गाउँलेका समस्यामा भने निर्णय हुन सकेको छैन । यसरी हरेक बर्ष हिमाली जिल्लाहरुबाट बर्षैनी आफनौ पेट पाल्न तथा जाडोरछल्न तराईका फाटहरुमा भर्नै गरेको ती असाहय तथा निमुखा परिब्ँँरल्ँर्य स्थ्ँँनीय प्रदेत तथा केन्द्र सरकाले चाडो भन्दा चाडो ब्यवस्थापनमा ध्यान पु¥याएन भने एका तिर ति निमुखाहरुको खोकै बस्ने अबस्था आउछ भने अर्काैतर्फ खेती किसानी गर्नै समयमा पनि खेतीपाती गर्न नपाउदा खाध्न्न संकको समेत हिमालीबासीहरुले सामाना गर्नबाट कसैले रोक्न सक्दैन । त्यसैले पनि अन्य जिल्ला समेत सयौ जना सम्म जडिबुटी बेच्नेहरु लकडाउनमा फसेकोले उद्धार गर्न गन्त्वय तर्फ पु¥याउन जरुरी छ ।