धरान । त्यसै त अरु बेला अतिआबश्यक औषधीको सहजै अभाव हुने हाम्रो देशमा लगातारको लकडाउनका कारण अति आवश्यक औषधि समेत अभाव हुदै जादा गम्भीर प्रकृतिक बिरामीहरुलाई समस्या उत्पन्न भईरहेको छ ।
भारत सरकारले अत्यावश्यक २३ प्रकारका औषधि आयात गर्न दिने भने पनि यस्ता अत्यावश्यक औषधिहरुको उपलब्धता कम हुदै जादाको अबस्थामा अतिआबश्यक औषधिहरुको सहजै अभाव हुने देखिएकाले पनि बिरामीहरु समस्यामा पर्ने गरेको धरानका औषधी व्यवसायीहरुले बताउन थालेकका छन् ।
धरान बिभिन्न अस्पताल बरिपरि रहेका फार्मैसीहरुमा विशेष गरेर शल्यक्रियामा प्रयोग हुने, आइसियु र सिसियुमा प्रयोग हुने अत्यावश्यक औषधिहरु विस्तारै अभाव हुन थालेको र सरकारले यसतर्फ ध्यान नदिए बिरामीले यस्ता औषधि नपाउदा समस्या भोग्नुपर्ने अबस्थाको सिर्जना हुने धर्म मेडिकल धरान १८ का रबिन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाका अनुसार लाईसेबिङ ड्रग,सेनिटाईजर,अप्रेसन गर्दा लगाईने डिस्पोजेवल पिपीई,लगायतका औषधी तथा मेडिकल सामानहरुको अभाव भईरहेको छ ।
श्रेष्ठले धरानस्थित बीपी कोइराला विज्ञान स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दर्जनौ विभिन्न रोगका शल्यक्रिया हुने र सिकिस्त विरामीलाई सघन उपचार सेवा (आइसियु) र बच्चालाई सिसियुमा राख्दा अत्यावश्यक औषधि प्रयोग गर्ने गर्दछ भने यी औषधिहरु तत्काल नभए बिरामीको ज्यानै समेत जान सक्ने जोखिम बढेको बताउनुभयो ।
श्रेष्ठले यस्ता औषधिहरु अहिले आयात हुन नसक्दा स्टकमा रहेका औषधिहरु समेत सकिदै गएको बताउनुभयो । उहाले औषधी ब्यवसायीसंघ कै मानिसहरुलाई औषधी लिन जादा पनि प्रहरी प्रशासनले प्रक्राउ गर्नै र लठठी हान्न थालेको पनि बताउनुभयो । जसले गर्दा समेत औषधी ब्यवसायीहरुलाई समस्या हुने गरेको र यसका कारण पनि औषधी पसलहरुमा अति आबश्यक औषधीहरुको अभाव समेत श्रृजान हुने अबस्था आएको बताउनुभयो ।
उता धरान–१८ स्थित बीपी क्याम्प अगाडि अनिता मेडिकल हलका संचालक वीरेन्द्र गुप्ताले पनि बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा शल्यक्रिया तथा आइसियुमा बिरामी राखेर उपचार गराउदा प्रयोग हुने औषधि सकिदै गएको बताएका छन् ।
उहाले निरन्तर पाइने औषधि अहिले पनि प्रसस्त भए पनि शल्यक्रिया तथा आइसियुमा प्रयोग गरिने मनोदिपक र जीवन रक्षक औषधिहरु अभाब हुदै गएको बताएका थिए ।
उता अत्यावश्यक औषधिको अभाव हुन नदिन औषधि व्यवसायी संघले सरकारलाई ध्यानाकर्षण समेत गराएको छ भने यस्ता गम्भीर प्रकारका औषधि जो अत्यावश्यक छन् ती औषधि नभए बिरामीले धेरै जोखिम मोल्नुपर्ने अवस्था आएको औषधि व्यवसायीहरुको भनँई पनि छ ।
एता नेपाल औषधि व्यवसायी संघ सुनसरीका महासचिव सुवास पौडेलले यस्ता औषधि आइसियु तथा शल्यक्रियामा प्रयोग हुने औषधि सटेज हुदै गएकोले समयमै आपूर्ति गर्न नसके यसले ठूलो समस्या निम्त्याउन सक्ने बताएका छन् ।
उनका अनुसार लगातारको बन्दले एकातिर बीपी प्रतिष्ठानका आकस्मिक बाहेकका सम्पूर्ण सेवा हुदा विरामीहरु मारमा परेका छन् भने अर्कोतर्फ शल्यक्रिया तथा आइसियुमा प्रयोग हुने औषधि समेत सकिदै जादा यसले झन ठूलो समस्या निम्त्याउने देखिएको निश्चित छ ।
त्यसैले पनि औषधि आयातमा नेपाल सरकारले सहज वातावरण बनाउन र महामारी तथा लकडाउनको बेला जनताको ज्यान जोगाउने पेशामा लागी परेका औषधी ब्यवसायहरुको मनोबल बढाउन तथा सहज रुपमा आबश्यक सामग्रीहरुको आयात निर्यातमा भुमिका खेल्न जरुरी देखिन्छ ।